जेठ १५ काठमाडौं। रुकुममा अत्याधिक मदिरा सेवनका कारण बिहेको जन्ती गएका एक जन्तीको भिरबाट लडेर मुत्यु भएको छ । मृत्यु हुनेमा रुकुम छिवाङ गाविस वडा नम्वर २ निवासी ४५ वर्षिया दलबहादुर ददेल रहेका छन्।
जिल्ला सदरमुकाम खलंगा नजिकैको रातामाटामा छिमेकीको बिहेमा जन्ती गएको समयमा अत्याधिक मदिरा सेवन गरेका कारण उनको भिर बाट लडेर मृत्यु भएको हो । जन्ति गएका ददेल राती घर फर्कने क्रममा बाटोदेखि करिव २० मिटर तल खसेर मृत्यु भएको परिवारले जनाएको छ ।
यसैगरी जिल्लाको आठबिस डाँडागाँउ गाबिस ५ बस्ने ६५ बर्षका सर्जने कामी मृत अवस्थामा फेला छन । घर नजिकैको वडा न ३ को खारखारा भन्ने जङलमा स्थानियले वृद्धलाई मृत भेटेका थिए ।
0 comments:
Post a Comment