Sahara Sansar

Sunday, May 22, 2011

क्षेत्री समाजले आह्वान गरेको बन्दका कारण काठमाण्डु उपत्यकाको जनजीवन प्रभावित

जेठ ८ काठमाडौं।  क्षेत्री समाजले आह्वान गरेको बन्दका कारण आज काठमाण्डु उपत्यकाका तीन जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण काठमाण्डु, ललितपुर र भक्तपुर जिल्लामा सवारी साधन चलेका छैनन भने बजार पसल पनि खुलेका छैनन । 

खस क्षेत्रीलाई आदिवासी जनजाति ऐनमा  सुचिकृत गर्न माग गर्दै वन्द आह्वान गरिएको हो । बन्द गराउँदै हिडिरहेका समाजका दुई सय भन्दा बढी कार्यकर्तालाई प्रहरीले काठमाण्डुका विभिन्न ठाउँबाट पक्रेको छ । बन्दकर्ताहरुले काठमाण्डुको गोंगवु, महाराजगंञ्ज, कलंकी लगायतका क्षेत्रमा  प्रर्दशन गरेका छन् । 

यसैबीच बन्दको विरोधमा पर्यटनव्यवसायीहरुले काठमाण्डुमा ¥याली गरेका छन् । बन्द साँझ ५ बजेसम्म रहने समाजले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae