Sahara Sansar

Monday, May 30, 2011

पाँच बुँदे सम्झौता पछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण: शेखर कोइराला

जेठ  १६ काठमाडौ । नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले पाँच बुँदे सम्झौता पछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेको बताएका छन  । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले पाँच बुँदे सम्झौता पछि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेको बताएका हुन । 

उनले मुलुकमा आराजकता बढेको बेलामा प्रधानमन्त्रीलाई राजिनामा गर्न लगाएरअझै अराजकतामा फसाउन नहुने भन्दै पहिला दलहरुवीच भावी प्रधानमन्त्री को भन्ने कुरामा सहमति नभई प्रधानमन्त्री झलनाथ खनालको राजिनामा आउन नहुने तर्क गरे । उनले भने– सात महिनासम्म मुलुकले प्रधानमन्त्री पाउन नसकेको यथार्थ हाम्रो सामू छ । अब पनि भावी प्रधानमन्त्री को भनेर सहमति नगरी प्रधानमन्त्रीले राजिनामा दिए मुलुकमा अराजकतामात्रै हुन्छ ।

त्यसैले पहिला राजिनामा दे भन्नु भन्दा पहिला सहमति गर्नु पर्छ ।क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा उनले सहमति गर्ने तीन दलआफै प्रधानमन्त्रीको राजिनामाको विषयमा अन्यौलमा रहेको उल्लेख गर्दै पाँच बुँदे सम्झौता पनि प्रधानमन्त्रीको राजिनामाको विषय गौण बनेकोले अब शान्ति प्रक्रिया निश्कर्समा पुर्याउन तर्फ लाग्नु पर्ने तर्क गरे ।

कोइरालाले अब सत्ता भन्दा पनि देशको पक्षमा लाग्नु पर्ने भन्दै त्यसो गर्न नसके मुलुकमा बढेको हस्तक्षेपले नेपाललाई अफगानिस्तान बन्ने दावी गरे । उनले आफू प्रधानमन्त्रीको राजिनामाको पक्षमा नरहेको समेत साक्षात्कारमा स्पष्ट पारेका थिए ।

पाँच बुँदे सम्झौता गरेर काग्रेस चुकेको दावी गर्दै कोइरालाले माओवादीसँग सहमति भएका दोहोरो सुरक्षा प्रणाली अन्त्य गर्ने र हतियार कन्टेनरमा राख्ने कुरालाई पनि सम्झौतामा लेख्न नसक्नु काग्रेसको कमजोरी भएको तर्क गरे । उनले भने–माओवादी तयार भएको विषयलाई पनि सम्झौतामा समेटन सकेनौ । शान्ति प्रक्रिया निश्कर्समा पुगेपछि सहमतिको सरकार बन्छ भन्ने कुरा सम्झौतामा लेखिरहनु पर्दैनथ्यो ।

माओवादी लडाकुको शिविर खाली गरिए प्रचण्डकै नेतृत्व पनि काग्रेसकोलागी स्विकार्य भएको स्पष्ट पार्दै कोइरालाले हतियार कायम रहेर प्रचण्ड कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने ठोकुवा गरे । नेपाली काग्रेसभित्र पनि प्रधानमन्त्री बन्न योग्य नेताहरुको कमि नरहेको भन्दै पहिला प्रधानमन्त्री र उपप्रधानमन्त्री बनेका बाहेक पनि योग्य नेताहरु रहेको तर्क उनको थियो ।




0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae