जेठ १७ एजेन्सी। भारतको आसाममा भएका २ छुट्टाछुट्टै दुर्घटनामा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । बिहेको जन्ती लिएर आसामको गुवाहाटीबाट रपंगीया जाँदै गर्दा कामरुप नजिक एक तलाउमा खसेर भएको दुर्घटनामा २६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् ।
त्यस्तै आसामको गोलाघाटमा तेल बोकेको ट्याङ्कर दुर्घटनामा परेर भएको आगलागीमा ५ जनाको जलेर मृत्यु भएको र अन्य १२ जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । जन्ती बोेकेको बस दुर्घटनामा १२ महिला तथा ३ बालबालिका सहित २६ जनाको मृत्यु भएको छ ।
0 comments:
Post a Comment