Sahara Sansar

Saturday, May 28, 2011

गोरखा सदरमुकाममा पानीको हाहाकार

राजेन्द्र न्यौपाने
 गोरखामा सोमबार विहान लगातार तीन घण्टासम्म परेको अविरल बर्षाका कारण सदरमुकामको खानेपानीमा समेत असर पुगी जिल्लामा खानेपानीको हाहाकार भएको छ ।जिल्ला भित्र रहेको स्थानीय विभिन्न मुहानहरुमा माटो जम्न गई स्थानीय मुलहरु पुरिएका छन् । भने खानेपानीको नाममा धमिलो पानी भनेपनि वितरण गर्दै आईरहेको पृथ्वी नारायण साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पानी आजका दिनसम्म उपभो क्ताहरुले पाउन सकेका छैनन् ।

पिउन बाहेक अन्य कामका लागि साना सहरीको पानी प्रयोग गर्दै आईरहेका गोरखा सदरमुकामका स्थानीय नागरिकहरु अहिले यतिवेला पानीको चरम संकटमा परेका छन् ।

घरको धारामा पानी नआएपछि स्थानीय कुरा र खोल्सा खोल्सीहरुमा मानिसहरुको भीड बढेको समेत लामो समयदेखि पानीको समस्या झेल्दै आएको गोरखा जिल्ला सोमबारको अविरल बर्षातका कारण झनै समस्यामा परेको छ ।

 वर्षात पछिको सबै समय पानी बनाउन खर्च गरेपनि अझै पानीलाई पहिलेको अवस्थामा ल्याउन नसकिएको स्थानीय केशव बस्नेत बताउनुहुन्छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae