Sahara Sansar

Thursday, May 19, 2011

मुस्ताङमा एक सय मेघावाट विद्युत उत्पादन गर्ने तयारी गरिदै

चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ। कालीगण्डकी नदीको मुस्ताङ खण्डमा विद्युत उत्पादन गर्न बिस्तृत अध्ययन शुरु भएको छ । मुस्ताङको कोबाङ र लेते गाविस स्थित कालिगण्डकी नदीबाट १ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने नर्बेको विषेशज्ञ टोलीले प्रारम्भिक अध्ययन प्रतिवेदन दिएपछि विस्तृत अध्ययन सुरु गरिएको हो ।

यस क्षेत्रमा कालीगण्डकी नदीबाट विद्युत उत्पादनका लागि भारतिय लगानी रहेको ग्रिन भेन्चर कम्पनीले सर्भे थालेको हो । ग्रिन भेन्चरले परामर्शदाता कम्पनी अम्वेश्वर इन्जिनियरिङ्ग हाइड्रोपावर प्रालि मार्फत कोबाङ देखी घाँसासम्मको सामाजिक, सांस्कृतिक, आर्थिक, बातावरणीय अवस्थाको बारेमा अध्ययन गरेको छ ।

ग्राउण्ड नेचर सर्भेका सिनियर इन्जिनियर सुरेश श्रेष्ठको नेतृत्वमा १० जनाको टोलीले अहिले आयोजनाबाट प्रभाव पार्ने सक्ने क्षेत्रको स्थलगत अध्ययन गरेको छ ।

मुस्ताङको टुकुचे, कोबाङ, कुन्जो र लेते गाविससम्म आयोजनाको प्रभाव रहने हुँदा त्यस क्षेत्रका स्थानियवासीन्दा, अस्पताल, गाविस, विद्यालय, स्थास्थ्यचौकी, तथा विभिन्न संघसस्थासँग सो टोलीले सुझाव संकलन गरेको थियो ।

यसै गरि जियोटेक्नीकल अध्ययनका लागि लेतेको धम्पु र कोखेठाटी क्षेत्रमा ड्रिलिङ कार्यहरु भै रहेको जियोलोजीष्ट उज्वल रघुवंशिले जानकारी दिनु भयो । उहाका अनुसार आवश्यक निमार्ण सामाग्री गिटि बालुवाको लागि सो क्षेत्र र कुञ्जोको छयो खोला बगर क्षेत्रको समेत अध्ययन भै रहेको छ ।

१ सय मेघावाटको परियोजनाको लागि करिव १५ अर्व रुपैयाँ लाग्ने सक्ने कम्पनीले प्रारम्भिक अनुमान रहेको बताइएको छ । परियोजनाको क्षमता बढाएमा लागत समेत बढ्ने कम्पनीको भनाई छ । १ सय मेघावाट भन्दा बढि क्षमता बृद्धि गर्न सकिने वा नसकिने अध्ययन भै रहेको छ ।

कालीगण्डकी नदीको कोखेठाँटी र कालोपानी वीचको क्षेत्रमा बाँध बाँधेर नदीको दायाँ किनारामा सुरुङ मार्ग हुँदै घाँसा गाँउ नजिकै पावर हाउस बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

जलविद्युत आयोजना कार्यान्वयन गर्न वातावरण संरक्षण ऐन, २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ अनुसार वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन गरी नेपाल सरकार वातावरण मन्त्रालयबाट स्वीकृत गर्नुपर्ने प्रावधान अनुसार सुचना समेत प्रकाशित गरि सकेको सो परियोजनाले जनाएको छ ।

अन्य बिस्त्रीत अध्ययन गर्न थप सर्वे टोली केहि दिन भित्र मस्ताङ आइपुग्ने बताइएको छ । बिगतमा राज्य सचालन गर्नेहरुले नसोची दिदा बिश्वकै दोस्रो ठुलो जलश्रोतको धनि देशमा बिजुली बत्तिको हाहाकार छ । यस्ता धेरै परियोजनाले मुर्तरुप लिन सके मुस्ताङ मात्र नभई नेपालकै भविष्य उज्वल हुने छ ।

घासामा देखि तल दाना सम्मको क्षेत्रमा बिद्युत उत्पादन गर्न गत बर्ष देखि कालीगण्डकी गर्ज नामाकरण दिइ केहि अध्ययन कार्य समेत सम्पन्न गरि सकेको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae