Sahara Sansar

Monday, May 23, 2011

गाउ डुलेर राजनिति गर्न खोज्ने कुटनितिज्ञहरुलाई लखेट्ने


चन्द्रश्वर बस्ताकोटी
जेठ ९ मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जनस्वयम सेवक परिचालन पश्चिम तमुवान सयन्त्रले उत्पादन, निमार्ण र जनसुरक्षाका लागि जनस्वयम सेवक मार्चपास गरेको छ ।

कागबेनीको आन्तरिक पर्यटक र स्थानिय बासिन्दाको बिषेश चहल पहल हुने क्षेत्रमा एक कार्यक्रमको आयोजना गर्दै उत्पादन, निमार्ण र जनसुरक्षाका लागि जन स्वयंसेबक लेखिएको होर्डीङबोर्ड राखेको छ । उक्त क्षेत्रमा करिब ५० जना जनस्वंयम सेबकहरुले रातो पहिरनमा गाउगाउको परिक्रमा गरेका थिए ।

जनताको पिरमर्का र आवश्यकता बुभm्दै शान्ति र सबिधानका लागि पनि जनस्वयसेवकले कार्यक्रम अगाडी ल्याएको जनस्वयम सेवक परिचालन ब्युरोका तमुवान सदस्य निरु थापाले बताउनु भयो । थापाको नेतृत्वमा परिचालित जनस्वयम सेवक मार्चपास ढाकार्जुङ, पाङलिङ, फल्याक, एक्लेभट्टी हुदै कागबेनीगाउको परिक्रमा गरेको थियो । जनताको सुरक्षा र राष्ट्रको रक्षाकोलागि जोड दिदै सोमवार मुस्ताङ आउने भएका भारतिय राजदुत राकेश सुदलाई मुस्ताङको भुमि र जनता प्रयोग गरेर छिमेकी राष्ट्रचिनको बिरुद्ध कार्य नगर्न आग्रह गनुभयो । यदि यस्तो भए राजदुतलाई कालो झण्डा, जुत्तामात्र हैन मुक्का हान्न समेत जनस्वयम सेवक पछाडी नहट्ने बताउनु भयो । गाउ गाउ डुलेर राजनिति गर्न खोज्ने कुटनितिज्ञहरुलाई मुस्ताङबाट लखेट्ने उहाको भनाई थियो ।

मुस्ताङमा बिकास निमार्णको निहु बनाउदै राजदुत सुद तिन तिन महिनामा आउने र जनतालाई दिग्भ्रमीत पार्दै आएका छन । भारतिय दुताबासले पछिल्लो समय मुस्ताङमा करिब २४ करोड रुपैया लगानी गरिसकेको छ । सोही सिलसिलामा राजदुत सुद ९ गते मुस्ताङ आउन लागेका हुन ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae