Sahara Sansar

Sunday, May 29, 2011

गणतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरुद्वरा शुभकामना सन्देश

जेठ १५ काठमाडौं। गणतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत दलका प्रमुखहरुले शुभकामना दिएका हुन् ।

 राष्ट्रपति डा. रामबरण यादवले संविधानसभाका उपलब्धीलाई सस्थागत गर्न दलहरुलाई आग्रह गर्नु भएको छ । एक सन्देश निकाली राष्ट्रपति यादवले जनताको बलिदानीबाट आएको गणतन्त्रलाई स्मरण गरि दलहरुले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । 

प्रधानमन्त्री झलनाथ खनालले बाँकी रहेको समयमा एकतावद्ध भई दलहरुका अगाडि संविधान बनाउनुको अर्को विकल्प नभएको बताउनु भएको छ । गणतन्त्र दिवसको घोषणासँगैका कार्यभारलाई सरकारले पुरा गर्ने पनि प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ । सन्देशमा प्रधानमन्त्री खनालले शान्ति प्रक्रियाको पूर्णता र नयाँ संविधानको निर्माणलाई सर्वोपरी मानेर सरकारले काम गर्ने बताउनुभएको छ । बितेका तीन वर्षमोव शान्ति प्रक्रिया, संविधान निर्माण प्रक्रिया र राष्ट्रिय सहमति निर्माणको प्रक्रियामा समेत निकै महत्वपूर्ण उपलब्धिहरू हासिल गरेका पनि प्रधानमन्त्रीले दावी गर्नु भएको छ । 

राजनीतिक दलहरू, सचेत बौद्धिक समुदाय, आम सञ्चारकर्मीलगायत सम्पूर्ण नेपालीहरूले एकताबद्ध भई विगत अवधिमा पूरा हुन नसकेका अधूरा कार्य सम्पन्न गरी परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्ने दृढ संकल्पमा लाग्न आह्वान गर्नु भएको छ ।

यसैबीच गणतन्त्र दिवसको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रमहरु गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae