Sahara Sansar

Saturday, May 21, 2011

युवा–विद्यार्थी सङ्गठनद्वारा संविधानसभाको श्वेतपत्र जारी गर्न माग

जेठ ७ काठमाडौं। विभिन्न २२ युवा–विद्यार्थी सङ्गठनले तोकिएको समयमा संविधान जारी गर्न नसक्नुको कारणसहित ‘श्वेतपत्र’ जारी गर्न माग गरेका छन् । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाइ शनिबार  तीन बुँदे ज्ञापनपत्र बुझाउँदै युवा–विद्यार्थी सङ्गठनले संविधानसभाप्रति जनतामा छाएको निराशालाई आशामा बदल्न जेठ १४ अघि नै ठोस काम गर्न माग गरेका हुन् । 

तीन वर्षको अवधिमा संविधान निर्माणका सम्बन्धमा भएका उपलव्धी, सहमति हुन नसकेका विषय तथा संविधान जारी गर्न आवश्यक कार्यतालिका र प्रतिवद्धतासहितको श्वेतपत्र जारी गर्न उनीहरुले माग गरेक हुन् । उनीहरुले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानीबाट निर्माण भएको संविधानसभाका सभासद्ले यसको गरिमा र मर्यादालाई उच्च राख्न संविधानसभा अध्यक्षको ध्यानाकर्षण गराएका छन् । 

ज्ञापनपत्र बुझ्दै नेम्वाङले संविधानसभावाटै संविधान बन्नुको विकल्प नभएको बताउनुभयो । उहाँले विगतमा शान्ति प्रक्रिया पूरा हुन नसक्दा संविधान बन्न नसकेको भन्दै दलहरुलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae