Sahara Sansar

Saturday, May 21, 2011

अझै फिर्ता भएनन् सुरक्षाकर्मीले लगेका हतियार

चन्द्रश्वर बस्ताकोटी
 जेठ  ७ मुस्ताङ ।  सशस्त्र जनयुद्धको समयमा म्याग्दी जिल्लाको चिमखोलाबाट सुरक्षाकर्मीले लगेका हतियार स्थानीयबासीले अझै फिर्ता पाएका छैनन् ।

सरकारले शान्ति स्थापनापछि सशस्त्र  जनयुद्धका समयमा जफत गरिएको र सुरक्षा निकायमा बुझाईएको हतियार फिर्ता दिने घोषणा गरेपनि आफूहरुले नपाएको चिमखोलाबासीले गुनासो गरे । हतियार लिन जिल्ला प्रहरी कार्यालय म्याग्दीमा गएपनि आफ्ना हतियार प्रहरीमा नभेटाएको स्थानीयबासीले बताएका छन् । यता मुस्ताङमा भने गत २ बर्ष अगाडी नै स्थानिय बासिन्दाका हतियार सेनाले जिल्ला प्रशासनकार्यालय मार्फत फिर्ता गरेको छ ।

२०५८ सालमा नेपाली सेनाले लगेको हतियार फिर्ता नगरेपछि स्थानीयबासीले खोजीका लागि अनुरोध गरेका छन् । हेलिकप्टर मार्फत गाउँमा आएको तत्कालीन शाहि नेपाली सेनाको टोलीले चिमखोलाबाट २३ थान भरुवा बन्दुक लगेको भएपनि अझसम्म फिर्ता नपाएको स्थानीय धनप्रसाद पुनले बताए ।


प्रहरीमा आफूहरुको हतियार नभेटिएपछि उनीहरुले खोजीका लागि अनुरोध गरेपनि वेवास्ता भएको गुनासो गरेका छन् । म्याग्दीका प्रहरी नायव उपरिक्षक नवराज भट्टले सरकारले हतियार फिर्ता गर्न आदेश दिएपछि लाईसेन्स भएका हतियारहरु फिर्ता गरिएको जानकारी दिँदै ति हतियारहरु कार्यालयमा नभएकाले फिर्ता गर्न नसकिएको बताए । बेनी आक्रमणका समयमा जलेर नष्ट भएकाले हतियार नभेटिएको उनको भनाई छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae