Sahara Sansar

Saturday, May 21, 2011

सभासदहरुलाई उपत्यका बाहिर नजान काङ्ग्रेसको ह्वीप

जेठ ७ काठमाडौं।  नेपाली काङ्ग्रेसले भोलिदेखि जेठ १४ गतेसम्म उपत्यका बाहिर नजान आफ्ना सभासदहरुलाई ह्वीप जारी गरेको छ । काङ्ग्रेसका मुख्य सचेतक लक्ष्मण घिमिरेले शनिबार  विज्ञप्ति निकालेर भोलिदेखि १४ गतेसम्म हुने व्यवस्थापिका संसदका सबै बैठकहरुमा सहभागी हुन आफ्ना सभासदहरुलाई निर्देशन दिनुभएको छ । 

सरकारले नेपालको अन्तरिम संविधान २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०६८ व्यवस्थापिका संसदमा पेश गर्दैछ । विधेयकमा संविधान सभाको म्याद १ वर्ष थप गर्ने प्रस्ताव गरिएको छ । काङ्ग्रेसले यही अवस्थामा संविधानसभाको म्याद थप्न नसकिने भन्दै विधेयकको विपक्षमा उभिने निर्णय गरिसकेको छ ।  ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae