Sahara Sansar
Monday, February 28, 2011
विद्यार्थीको आँखा परीक्षण
0 commentsमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने: दिनानाथ शर्मा
0 commentsमुस्ताङमा नया शैक्षिकसत्र सगै विद्यार्थी भर्ना अभियान शुरु
0 commentsअन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित
0 commentsस्ववियू निर्वाचनको मिति तोक्न नेविसंघले दवावमुलक कार्यक्रम गर्ने
0 commentsसातबुँदे सहमतिको विषयलाई लिएर घोचपेच
0 commentsकाठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा
0 commentsफागुन १६ नुवाकोट । राजधानी काठमाडौंमा चोरी हुने मोटरसाइकलहरुको जिल्लाका ग्रामिण सडकहरुमा गुड्ने क्रम बढेको छ । ग्रामीण भेगलाई कच्ची मोटरबाटोले भए पनि सदरमुकाम र स्थानीय बजारसंग जोडिए पछि चोरीको मोटरसाइकल भित्रिने क्रम
पनि बढेको प्रहरीको भनाई छ ।
तिर भने जान सकेको छैन । जिल्लाका ६१ गाविस मध्य ५८ गाविस मोटरबाटोेले जोडिएका छन् । ग्रामीण भेगमा कुद्ने मोटरसाइकलको विल बुक र चालकको अनुमति पत्र खोज्ने कुनै निकाय नभए पछि राजधानीमा हराएका बाइक नुवाकोटमा
विगविगी बढेको हो ।
लागेको बाइक समाप्न निर्देशन दिएको प्रहरी नायब उपरिक्षक बालकृष्ण थापाले बताउनुभयो ।
हामी पनि के कम !
0 commentsमुस्ताङ जिल्ला परिषदको तयारी तिब्र
0 commentsSunday, February 27, 2011
ढाका बुन्दै गोरखाका मगर महिला
0 commentsकिसानहरुको लागी अति राम्रो हावापानी र माटो भएको नुवाकोट जिल्ला
0 commentsअन्तर आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी विदुरनगरपालिकालाई तीन स्वार्ण सहित ६ पदक
0 commentsएक परिवारमा चार जना सदस्यहरु शरिरीक अपाङ्ग
0 commentsझलनाथ नेतृत्वको वर्तमान सरकार ढल्छ: उपेन्द्र यादव
0 commentsअन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो
0 commentsआन्तरिक पर्यटन
0 commentsअन्जुलले गरे कृष्णविक्रम थापा सगींत विकास कोषको स्थापना
0 commentsलोडसेडिङको मौकामा मझुवा गाविसमा चोरी भयो विजुलीको तार
0 commentsसाँफेवगर महोत्सवको तयारी
0 commentsSaturday, February 26, 2011
आगलागीबाट १३ घर नष्ट
0 commentsलिबियामा अलपत्र ६२ नेपालीको उद्धार
0 commentsटप्स र फिस्टेल फाईनलमा प्रबेश
0 commentsमन्त्रीपरिषद चाँडै विस्तार गर्ने प्रधानमन्त्रीको भनाई
0 commentsअदुवा बिक्री नहुँदा किसान मर्कामा
0 commentsझलनाथ गुटको शोकमा केपी गुटको भोज
0 commentsदलित र गरिबको विरुद्धमा लाग्न काँग्रेस नेताको व्हीप
0 commentsदुईसाता अघि अपहरणमा परेका शुर्दशन फूयाल नुवाकोटवाट मुक्त
0 commentsजनप्रेमी युवा क्लव प्रथम
0 commentsगुरुङ जागरण अभियान
0 commentsसहमतिको प्रयास जारी छ: नारायण काजी श्रेष्ठ
0 commentsFriday, February 25, 2011
विवाह भाँडिएपछि नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ-गाउँ पसे
0 commentsकूल तामाङ्
फागुन १३ नुवाकोट। दोस्रो विवाह गर्न जन्ती सहित बेहुलीको घर पुग्दा विवाह भाँडिएपछि गेर्खुका नेपाली सेनाका जवान वेहुलीको खोजीमा गाउँ गाउँ पसेका छन् । ढाँटेर दोस्रो विवाद गर्न जिलिङ गाविस वडा नं २ पुगेका गेर्खु गाविस वडा नं १ माझगेर्खुका नेपाली सेनाका जवान नारायण न्यौपानको विवाह भएको जानकारी पाएपछि केटी पक्षले त्यहाँबाट लखेटेको हो ।
तीन वर्षअघि फिकुरी गाविसकी सरस्वती अधिकारीसँग विवाह गरेका नेपाली सेनाको भवानी वक्सगणमा बुटवलमा कार्यरत न्यौपानेको श्रीमतीसंग सम्वन्ध नराम्रो भएपछि विहीवार उनी जन्तीसहित जिलिङ पुगेका थिए ।
पहिलो श्रीमति सरस्वती नै दोस्रो विवाह गर्न लागेको जग्गेमा पुगेर वास्तविकता खोलेपछिविवाह भाँडिएको थियो । वुटवल स्थित नेपाली सेनाको भवानी वक्स गणमा कार्यरतन्यौपानेको पहिलो सन्तानका रुपमा दुई वर्षिया एक छोरी समेत छिन् । एक ठाउँबाट भगाएपछि फेरि राति नै अर्को ठाउँमा विवाहको तयारी गरेको बताउँदै युवा माधव गजुरेलले उनीहरु जसरी पनि विवाह गरिछाड्ने भन्दै गाउँ पसेको बताउनुभयो ।
आफन्तका साथ सानो समूहमा दुलही लिन निस्केका न्यौपानेको विवाह भइसकेको पुष्टी पछि टोली राति नै जिलिङकै अर्को गाउँमा पुनः अर्को केटीसँग विवाहको तयारी गरेको थियो । त्यो विवाह पनि स्थानीय युवाहरुले भाँडिदिए पछि उनीहरु दोस्रो विवाह गरीछाड्ने भन्दै दुईपिपल, रातमाटे लगायतका गाउमा केटी खोज्दै हिँडेका छन् ।
सामाजिक मान्यता अनुसार विवाहमा साईतगरी दुलही लिन निस्कदा दुलही नलिई घर फर्कन नहुनेरीतीलाई अनुसरन गदै न्यौपाने परिवार गाउँ पसेको हो । न्यौपानेको श्रीमती सरस्वती भने सामाजीक न्याय माग्दै सदरमुकाम विदुरमा न्यायको खोजीमा हिड्नुभएको छ ।
संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुँदै
0 commentsफागुन १३ काठमाडौं । संयुक्त राष्ट्रसंघ महासभाको अध्यक्ष पदका लागि नेपाल र कतारबीच प्रतिस्पर्धा हुने भएको छ । सन् २०११-१२को एक बर्षे कार्यलका लागि नेपालका तर्फबाट कुलचन्द्र गौतम र कतारको तर्फबाट राष्ट्रसंघका लागि स्थाई प्रतिनिधिसमेत रहेका नासिर अब्दुलाजिजले उमेद्वारी दिएका छन् ।
राष्ट्रसंघका पूर्वउपमहासचिव समेत रहिसकेका गौतमले चुनावी मैदानमा भाग लिनुभएको छ । यसपटक महासभाको अध्यक्ष पद एसियाबाट चयन गर्न पालो भएकाले आज राष्ट्रसंघ महासभामा एसियाका ५३ राष्ट्रले गोप्य मतदान गर्नेछन् ।
एसियाली राष्ट्रहरुले निर्वाचित गरिसकेपछि राष्ट्रसंघका बाकी सदस्य राष्ट्रहरुले अनुमोदन गर्ने प्रावधान छ ।
माओवादीले जाली तमसुक गरेर एमालेलाई फसाउन खोज्यो: केपी ओली
0 commentsफागुन १३ पर्सा । नेकपा एमालेका नेता केपी शर्मा ओलीले माओवादीले सात बुँदे सहमतिको नाममा एमालेलाई जाली तमसुक गर्न लगाएको आरोप लगाउनु भएको छ । पर्साको वीरगन्जस्थित नेश्नल मेडिकल कलेजमा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा ओलीले यस्तो आरोप लगाउनु भएको हो।
सात बुँदेको नाममा माओवादीले देखाएको उदारता डरलाग्दो र षडयन्त्रपूर्ण भएको भन्दै ओलीले जाली तमसुक जस्तो गरी झुक्काएर सहमति गरेर माओवादीले लोकतन्त्रमा षडयन्त्र गरेको बताउनु भयो ।
कुर्सीको लागि माओवादीले षड्यन्त्र गरिरहेको आरोप लगाउँदै नेता ओलीले लोकतन्त्रको नाममा षड्यन्त्र भए कुनै पनि हालतमा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्नुभयो । मोलतोलको राजनीति छोडेर बहुदलीय प्रतिस्पर्धामा आउन उहाँले माओवादीलाई सुझाव पनि दिनुभयो ।
जनसेना र हतियारको टुङ्गो नलागेसम्म माओवादीलाई गृह र रक्षा मन्त्रालय नदिने एमालेको बटमलाईन रहेको भन्दै उहाँले सात बुँदे सहमतिलाई एमालेले अनुमोदन गरिसकेकाले यस विषयमा बखेडा झिक्नुको कुनै अर्थ नरहेको बताउनु भयो ।
दलहरुबीच विश्वास र सहकार्य आवश्यक रहेको बताउँदै अहिलेकै अवस्था कायम रहे बाँकी तीन महिनाको अवधिमा शान्ति र संविधानले पूर्णता पाउन नसक्ने ओलीको ठोकुवा छ। Read More......
तेस्रो खैरेनीटार महोत्सव २०६७ आजबाट सुरु
0 commentsफागुन १३ तनहुँ । “आर्थिक सामाजिक खेलकुदको विकास र पर्यटनको प्रवद्र्धन, खैरेनीटार महोत्सव कला सीप र सांस्कृतिक संरक्षण” भन्ने मूलनाराका साथ २२ गतेसम्म संचालन हुने तेस्रो खैरेनीटार महोत्सव २०६७ शुक्रबारबाट सुरु भएको छ ।
महोत्सवको पुर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले एक समारोहका विच उद्घाटन गर्नुभयो ।तनहुँ उद्योग वाणिज्य सङघ, खैरेनीटार बजार ईकाई समिति र खैरेनीटार गाविसको संयुक्त आयोजनामा सञ्चालन गरिएको महोत्सवको पहिलो दिन आज विभिन्न आदिवासी जनजातीका सस्कृती लाई दर्शाउने भेषभुषा नाच गान एवं झाँकीहरुका साथै तनहुँको मौलीक सस्कृती को रुपमा प्रचलित कौडा गीत तथा नृत्य पनि प्रस्तुत गरिएको थियो ।
यस्तै महोत्सवको अर्को आर्कषणको रुपमा आदिवासी जनजाती कुमाल समुदायको रहनसहन, रितिरिवाज एवं जीवनशैली झल्कने नमुना घर पनि रहेको छ । महोत्सवका क्रममा पर्यटकिय एवं सांस्कृतिक महत्व बोकेको दगाम गाँउ ,ढोरवाराही मन्दिर ,तिनखोले देवीको मन्दिर लगायतको भ्रमण तथा नेपालमै सबैभन्दा सुरक्षित मानिएको जलविहारका लागि आकर्षक प्याकेज को कार्यक्रम राखिएको छ ।
महोत्सवमा विभिन्न खाना, कृषि उत्पादन,अटो,सूचना केन्द्र, प्राथमिक उपचार ,विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री ,घरेलु तथा हस्तकला उत्पादन, सेवामूलक संस्थाका प्रदशनी कक्ष र अन्य गरि १ सय ३० स्टल रहेका छन।खैेरेनीटार ९ दोभान निवासी कृष्णबहादुर रेग्मीले बनाउनुभएको एउटा गोरुले जोत्नमिल्ने हलो पनि महोत्सवमा प्रर्दशनीमा राखिएको छ । हिजोदेखि सुरु भएको महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र २ करोडको कारोवार हुने आयोजकको अनुमान रहेको छ ।
सन्दर्भ शहीद सप्ताह र वलिदान दिवस
1 commentsनेपाली जनताको पूर्ण मुक्तिको लागि संचचालन गरिएको महान् जनयुद्धले आफनो गौरवमय १५ वर्ष पार गरेर १६ वर्षमा प्रवेश गरेको छ । नेपाल आमाको हजारौ सर्वात्तम छोराछारीको त्याग विरता र वलिदानआज हामी यस स्थानमा आईपुगेका छौ ।
दासताको जीवन भन्दा आजादीको मृत्यु नै कैयौं गुणा श्रेयकर भन्दै मध्य युगिन वर्वरतायुक्त नेपाली सामन्ती केन्द्रीकृत सत्ताको विरुद्ध धावा वोल्ने क्रममा महान् जनयुद्धका प्रथम शहीद दिल व रम्तेल बाट प्रारम्भ भएको वलिदानको इतिहास आज सम्म आई पुगेको छ । आफु मरेर संसार वदल्ने प्रण गरेका योद्धाहरुको वलिदानको सम्मान हामीले फाल्गुण १४ जनयुद्धका प्रथम शहीद दिल व देखि नेपाली कम्युनिष्ट आन्दोलनको चर्चित घटना सुखानी हत्या काण्ड पाmल्गुण २१ को एक हप्तालाई शहीद शप्ताहको रुपमा मनाउदै आएका छौ
।
मुक्ति वा परिवर्तनको लागि क्रान्ति र क्रान्तिमा वलिदान यो अनिवार्य र अपरिहार्य शर्त हो । क. माओले भन्नु भएझै वन्दुकको वलमा अडेको राज्य सत्ताको ध्वास्त वन्दुकबाट मात्र संम्भव छ । एउटा वर्गको शासन व्यवस्था ध्वंस पारेर अर्काे वर्गको शासन व्यवस्था स्थापना हुन क्रान्ति आवश्यक हुन्छ र वलिदान पनि । आज हामी जुन श्रद्धाका साथ भनिरहेका छौ महान् मान्छेहरु ति हुन जसले मानव जातिको सर्वाेत्तम खुसी र मुक्ति प्राप्तिको खातिर आफ्नो भौतिक शरीरलाई संघर्षको वलिवेदीमा होम्छन् र महान व्यक्तिको रुपमा स्थापित हुन्छन । हो तिनै योद्धाहरु प्रति यस शहीद सप्ताहको अवसरमा हार्दिक श्रद्धासुुमन । तीनै अमर योद्धाहरु प्रति हार्दिक श्रद्धाञ्जली ।
क्रान्तिलाई स्थापित र विकसित गर्दै जाने क्रममा हाम्रो आदरीणय गुरु माक्र्स भन्ुनु भए झै जीवन मरोस तर मृत्यु नवाचोस भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै नेपाली जनताको पूर्ण मुक्तिको अभियानलाई आजको दिनसम्म सफलता पुर्वक ल्याउन ति महान् योद्धाहरुको वलिदानबाट सम्भव रहयो र दशकौ देखि नेपाली जनतनमाथि अन्यायपूर्ण ढंगबाट शासन गर्ने शासक वर्गको मुल जरो छेदन भयो समग्र शासन व्यवस्था नभएपनि । वास्तविक नेपाली जनताको चाहना वमोजिमको शासन व्यवस्था स्थापित भने भएको छैन ।
हजारौ शहीदका सपना पुरा भएको छैन । यो पूरा गर्ने दायित्व अव सचेत स्वाभिमानि नेपाली जनताको काधका आएको छ । त्सलार्इृ पूरा गर्नु नै आजको अवश्यकता हो । सबै प्रकारका भेदभाव र उत्पीडन नेपाली जनता मुक्त भएका छैन । हाम्रो अभियानको उद्येश्य पूरा भएको छैन । दासताको वन्दन केही खुकलो देखिएको होला तर फुस्कीएको छैन । भरिया र मजदुरहरुलाई चौतारीमा भारि विसाएर फुको चिउरा खान दिएको होला तर उसलाई श्रमको मूल्य र अधिकार दिएको छैन । हामी सबै ठाउमा अधिकारबाट वन्चीत नै छौ र हामी हाम्रो अभियानमा निरन्तर छौ । अमर योद्धाको रातो रगत सफत खाएर भन्छौ हाम्रो अभियान जारी छ । हाम्रो युद्ध जारी छ जवसम्म मान्छेले मान्छे भएर वान्ने वातावरणको सिर्जना हदून तवसम्म हाम्रो यात्रा जारी छ । हामी हार्दैनौ र थाक्दैनौ पनि हजारौ अग्रजहको वाटोमा छो ।
त्याग विरता र वलिदानबाट नेपाली जनताले गरेका श्रेष्ठता र विजयमाथि यतिवेला प्रतिक्रियाबादी यथास्थितीवादी शक्ति हरु आफ्नो जाल झेल र भ्रमपूर्ण शासन व्यवस्थालाई टिकाउनमात्र होईन इतिहासमा अफनो अस्थित्व रक्षाको लागि नेपाली जनताका विरुद्ध अनेक नाटकको प्रपञ्च रचिरहेको छ भने अर्काे तर्फ क्रान्तिकारी जनता र त्यसको नेतृत्व गर्ने क्रान्तिकारी पार्टी ए ने क पा( माओवाद) जनतको संघिय गणतन्त्र स्थापना गर्ने दिशामा दृढतापूर्वक लागिरहेको छ ।
क्रान्तिकारी शक्ति र प्रतिक्रान्तिकारी शक्तिको यस भिषण संघर्षको चलिरहेको यतिवेला प्रतिक्रियावादीहरु भारतिय शासक वर्गको विस्तारवादी योजनामा उनको हस्तक्षेपलाई लागू गर्न दलाल गर्दै छन । स्वभिमानी भई वाच्न र आफनो स्वधिनताको रक्षाको लागि अव एकीकृत र संगठित भई त्यसको प्रतिरोध गर्नु पर्ने आवश्यकता छ । जनताको विद्रोह गर्न पाउने अधिकार सुनिस्चित गर्र्दै जनतको गणतन्त्र स्थापना गर्न अगि वद्नु नै मूल कुरा हो त्यसरी अघि वढनु नै शहीदहरुको वास्तवमा सम्मान हो र सम्मान हुने छ ।
र फेरी शहीद शप्ताह २०६७को अवसरमा महान् जनयुद्धका प्र्रथम शहीद दिल व . , महान् शहीद शुरेस वाग्ले लगायत वर्गिय मुक्तिको लागि चलेको महान् अभियानको क्रममा आफनो प्राण उत्सर्ग गर्नुहुने आदरणीय अग्रजहरु र हालसम्म पनि वेपत्ता रहनु भएका वेपत्ता योद्धाहरु प्रति प्रति भावपूर्ण श्रद्धाञ्जली । गहीरो स्मरण । Read More......
एस.एल.सी. तयारी तीब्र
0 comments फागुन १३ गोरखा । चैत्र १० गतेदेखि हुने एस.एल.सी. परीक्षाको लागि जिल्ला शिक्षा कार्यलय गोरखाले आफ्नो तयारी तीव्र पारेको छ । जिल्लामा उत्तर पुस्तिका आईसकेको र परीक्षा केन्द्र गतसालकै कायम गरिएको जिल्ला शिक्षा अधिकारी योगराज भट्टराईले बताउनुभयो ।
परीक्षा केन्द्र निर्धारण गर्दा विद्यार्थीको चाप र भौगोलिक अवस्थितिलाई प्रमुख आधार बनाइएको छ ।
एसएलसी परीक्षा समन्वय समितिको बैठक बसेर छिट्टै केन्द्राध्यक्षको निर्धारण भएको छ । यो वर्ष जिल्लाका नीजि र सामुदायिक गरी ८५ विद्यालयका ४ हजार ४ सय ८६ विद्यार्थी परीक्षामा सहभागी हँुदैछन् । ती मध्ये ४ हजार ३ सय १६ जना नियमित र एकसय ७० जना एकजाम्टेड समूहका परिक्षर्थी रहेको जिल्ला शिक्षा कार्यलय गोरखाका परीक्षा शाखाका एक कर्मचारीले जानकारी दिनुभयो ।
यो वर्ष माध्यमिक अनुमति पाएका थप छ वटा विद्यालय पनि एस.एल.सी.मा सहभागि हुने जिल्ला शिक्षा कार्यलयका भूमि सुवेदीले बताउनुभयो ।
गोरखा जिल्ला परिषद फागुन २८ मा हुने
0 commentsफागुन १३ गोरखा। जिल्ला विकास समिति गोरखाले फागुन २८ गते हुने जिल्ला परिषदको तयारी तीव्र पारेको छ । सोही क्रममा जिल्लाका १३ वटै इलाकाको योजना तर्जुमा समितिको बैठक सकिएको स्थानीय विकास अधिकारी तिलक पौडेलले जानकारी दिनुभएको छ ।
इलाका स्तरबाट आएका सुझावलाई विषयगत समितिको बैठकमा छलफल गर्ने र २३ गते एकिकृत योजना तर्जुमा समितिको बैठक बस्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
विषयगत समितिको छलफल २० गते सक्ने र त्यसपछि जिल्लाबाट प्रतिनिधित्व गर्ने सभासद्हरुका राय सुझाव संकलन गर्ने तयारी भैरहेको पौडेलले जानकारी दिनुभयो । फागनु २८ गते परिषद गर्ने र २९ गते सार्वजनिक गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । सभासदहरुसँग रायसुझाव लिनको लागि उहाँ शुक्रवार काठमाण्डौ जानुभएको छ ।
नियमको परिधिभित्र रहेको मात्र आफुले काम गर्ने उहाँले जानकारी दिनुभयो । Read More......
विद्यालयलाई आर्थिक सहयोग
0 commentsफागुन १३ गोरखा । जिल्लाको उत्तरी गाउँ विकास समिति केरावारीमा रहेको जनज्योति निम्न माध्यमिक विद्यालयलाई कतारमा कार्यरत तारानाथ ढकालले २९ हजार ६०० रुपैंया नगद सहयोग गर्नुभएको छ ।
विद्यालयले भवन अभावका कारण भवन निर्माण कार्य गरिरहेकोले सो रकम भवन निर्माणमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक गुरुदत्त रेग्मीले जानकारी दिनुभयो ।
गोरखा सेवा समाज कतारका सदस्य समेत रहेका ढकालले विद्यालयमा शुक्रवार आयोजित हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको छ ।
प्रतियोगितामा सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्धितिय, धवलागिरी सदन तृतीय र माछापुच्छे सदन सान्त्वना स्थान ल्याउन सफल भएको विद्यालयका अर्का शिक्षक कृष्ण अधिकारीले जानकारी दिनुभयो ।
केराबारी घर भएका ढकालले विद्यालयलाई अझै थप सहयोग गर्दै जाने बताउनुभएको छ ।
केरावारी दोहा कतार सम्पर्क मञ्चका संयोजक समेत रहेका ढकाल सोही गाउँ वडा नं. ३ का बासिन्दा हुनुहुन्छ ।
विद्यालयले उहाँलाई कदरपत्र दिएर सम्मान समेत गरेको प्रधानाध्यापक गुरुदत्त रेग्मीले थप जानकारी दिनुभयो ।
Thursday, February 24, 2011
दुई वर्षदेखि शिक्षिकाले तलव न पाए पछी जिल्ला क्षिक्षा कार्यालयमा निबेदन
0 commentsमाछाको उत्पादन नियमित बजारमा वितरण गर्न नसक्दा किसानहरु समस्यामा
0 commentsफागुन १२ नुवाकोट। जिल्लाको पहिचानको रुपमा विकास हुदै गएको ट्राउट माछाको मुल्य घटाउन किसानलाई विज्ञहरुले सुझाव दिएका छन् । किसानहरुले एकलौटी ढंगबाट ट्राउट माछाको मुल्य बढाएको भन्ने गुनासो आएपछि विज्ञहरुले पनि मुल्य घटाएर विक्रि वितरण गर्न सल्लाह दिएका हुन् ।
ककनीको दोभानमा माछा पालक किसानसंग भएको अन्तरक्रियामा सहभागीहरुले माछाको गुणस्तर कायम नराखेमा व्यवसाय नै संकटमा पर्ने समेत चेतावनी दिएका छन् । अहिले किसानहरुले ट्राउट माछा प्रतिकिलो १ हजार रुपैयादेखि १ हजार २ सय रुपैया सम्ममा विक्री गर्दै आएका छन् ।
माछा महंगो भएपछि अहिले विक्रीमा कमी आएको किसानहरु बताउँछन् । एककिलो माछा उत्पादन गर्दा ७ सय रुपैया खर्च हुने जानकारी दिँदै त्रिशूली मत्स्य अनुसन्धान केन्द्रका प्रमुख साधुराम बस्नेतले केही रेष्टुरेन्टको कारण महंगिएको माछाको भाउका कारण सर्वसाधारणमा मार परेको बताउनुभयो । भुराको उत्पादन बढी हुने र पोखरीको माछा समयमा विक्री नहुदा भुरा खेर जाने संभावना बढेको ट्राउट माछा पालक किसान सहकारीका अध्यक्ष मदन लामाले बताउनुभयो ।
एक गाउ एक उत्पादन नुवाकोटको आयोजनामा भएको छलफलमा सहभागी विज्ञहरुले माछाको मुल्य घटाउन र गुणस्तर कायम गर्नु पर्नेमा जोड दिएका छन् । माछाको उत्पादन बढेको तर नियमित बजारमा वितरण गर्न नसक्दा केही किसानहरु समस्यामा समेत परेको बताईको छ ।
नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तथा एक गाउ एक उत्पादन कार्यक्रममा संयोजक शरण उत्सुक सापकोटाले किसानहरुले दाना, भुरा, माछाको मुल्यमा एक रुपता ल्याउन र सेवाको गुणस्तरलाई कायम राखेमा मात्र किसानहरुको भविष्य रहने बताउनुभयो । एक गाउ एक उत्पादन कार्यक्रमले ट्राउट प्रवद्र्धनमा सघाईरहेको नुवाकोटमा ५० परिवार माछा पालनमा संलग्न छन् ।
जिल्लामा ८ गाविसका ३ सय ५० वटा पोखरीमा माछा पालन भईरहेको छ । गत बर्ष ६० मेट्रिक टन माछा उत्पादन भएको थियो ।
नेपाली कामदारहरु घर फर्कने क्रममा ईजिप्टको सिमामा अलपत्र
0 commentsघिमिरेले बताउनुभयो । केहीदिन यता लिवियामा भईरहेको सरकार विरोधी प्रदर्शनका कारण त्यहाँ कार्यरत बिदेशी नागरिकहरु सुरक्षाका कारण धमाधम घर फर्कन थालेका छन् ।
भष्ट्राचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि युएनसीएसी अनुमोदन
0 commentsभष्ट्राचारका कारण नेपालको बदनाम भएको अवस्थामा महासन्धि अनुमोदनपछि अवस्था सुध्रिने सभासदले आशा व्यक्त गरेका छन् । संसदमा भएको छलफलका क्रममा नेकपा एमालेको प्रदीप ज्ञवालीले राज्यका कानून प्रभावकारी नभए अन्तराष्ट्रिय कानूनका आधारमा मात्र भष्ट्राचार निवारण गर्न नसकिने भएकोले कानूनमा सुधार गर्ने र भष्ट्राचार निवारण संस्थालाई सक्रिय बनाउनुपर्ने बताउनुभयो ।
ट्रान्सपरेन्सीको प्रतिवेदनले नेपालमा भष्ट्राचार विरुद्धको लडाइमा कमजोर रहेको संकेत गरिरहेको अवस्थामा महासन्धी अनुमोदनले सुशासनको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले यसका लागि राजनीतिक इच्छा शक्ति र दलहरुको आचरणमा पारदर्शीता जरुरी रहेको बताउनुभयो ।
माओवादीका एकराज भण्डारीले भष्ट्राचार आरोप प्रमाणित भइसकेको व्यक्ति जनप्रतिनिधिको रुपमा स्थापित भएर आउने परम्पराका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । नेपाली कागे्रसका रमेश लेखकले भष्ट्राचारका कारण देशको इज्जत बिग्रेको अबस्थामा महासन्धी अनुमोदनवाट सुशासनका सम्बन्धमा नयाँ आशा जगाएको बताउनुभयो ।
महासन्धी कार्यान्वयनगर्न सरकारले अठोट गर्नुपर्ने उल्लेखगदैृ लेखकले यसकालागि कानूनमा सुधार र अख्तियार जस्ता संस्थालाइ सक्रिय बनाउनु पर्ने बताउनुभयो । राजपाका डा प्रकाशचन्द्र लोहनीले सत्तामा रहन जेसुकै गर्ने दलहरुको रबैयाका कारण महासन्धी कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभयो । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, एमालेका रामनाथ ढकाल, मधेशी जनअधिकार फोरमका नन्दन कुमार दत्त र नेपाल मजदुर किसान पार्टीका नवराज कोइरालालगायतले महासन्धी अनुमोदन हुनु सकारात्मक भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा जोड दिएका थिए ।
संयुक्त राष्ट्रसंघले सन् २००३ अक्टोबरमा महासन्धी अनुमोदन गरेको थियो ।विश्वका १४८ मुलुकले अनुमोदन गरेको महासन्धी नेपालले सन २००३ को डिसेम्बर १० मा हस्ताक्षर गरेको थियो । छलफलमा सभासदले उठाएका प्रश्नको जवाफ दिंर्दै विना विभागिय मन्त्री विष्णु पौडेलले महासन्धी अनुमोदन भएपछि संगठित अपराधका रुपमा रहेको भ्रष्टाचार निवारणमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
४० लिटर रक्सि नियन्त्रणमा लिइ सार्वजनिक स्थलमा नस्ट
0 commentsआगलागी हुँदा ८ वर्षीय बालकको मृत्यु
0 commentsलोकतन्त्रको संस्थागत विकासका लागि राजनीतिक दलहरु सहमतिमा आउनुपर्ने : राष्ट्रपति
0 commentsहिंसा मच्चाएको भन्दै कर्णेल गद्दाफीको सरकारको कडा शब्दमा भर्त्सना
0 commentsWednesday, February 23, 2011
दुवै हात नभएकाले गाडी चलाए
0 commentsपोलियो उन्मूलनको सन्देश प्रवाह गर्दै शान्ति ¥याली
0 commentsनक्कली नोटको कारोबार बढ्दो
0 commentsअन्तर्राष्ट्रिय भलिबलको फाइनलमा आर्मी र पुलिस
0 commentsभक्तपुरमा जारी दोस्रो अन्तर्राष्ट्रिय क्लब च्याम्पियनसिप वर्कस कप पुरुष भलिबलको आज भएको खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । स्थानीय सहिद स्मृति खेल मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले बङ्गलादेशको पावर डेभेलपमेन्ट बोर्डलाई २५–१८, १५–२३, २५–१७ को सोझो सेटमा पराजित गरयो । खेलमा पुलिसका सञ्जय अर्याल म्यान अफ दि म्याच घोषित भए । त्यस्तै, अर्को खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल एपिएफलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
मुस्ताङको प्रचार प्रसारमा जुमुराए जोमसोमका युवा
0 commentsरसुवामा योजना तर्जुमा गोष्ठी सम्पन्न
0 comments८० हजार निरक्षर महिला तथा पुरुषलाई साक्षर बनाउने
0 commentsसिन्धुलीमा निजी क्षेत्रवाट साचालित पहिलो अस्पताल
0 commentsफागुन ११ सिन्धुली। सिन्धुलीमा निजी क्षेत्रवाट साचालित पहिलो अस्पताल सिन्धुली जनरल अस्पताल प्रालिले आजवाट आफ्नो सेवा सुरु गरेको छ । अस्पतालको आज पूर्ब स्वास्थ्य मन्त्रि विपिन कोइरालाले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको छ ।
अस्पतालको उद्घाटन गर्दै कोइरालाले काठमाण्डौ लगाएत अन्य क्षेत्रका महङगा निजि अस्पताल भन्दा सस्तो र सहकारी अस्पताल भन्दा केहि महङगो शुल्क लिइ गुणस्तरिय सेवा दिने सके सेवाग्राहीले राहत पाउने र अस्पताल साचालन गर्न सहज हुने बताउनुभएको छ ।
अस्पतालले २४ सै घण्टा ओपिडिविरामी भर्ना एक्सरेभिडियो एक्सरे इसिजीदिसा पिसाव रगत खकार तथा अन्य ल्याव फार्मेसी र दन्त सेवा उपलब्ध गराउनेछ बताइएको छ ।
सरकारमा काग्रेस पनि सहभागी हुने बिना बिभागीय मन्त्रीको दावी
0 commentsविद्यालयमा तालाबन्दी
0 commentsजनयुद्धकी शहिद इन्दीरा विकको १० औँ स्मृती सभ
0 commentsअनुप बाबु श्रेष्ठ
फागुन ११ गोरखा। जनयुद्धकी शहिद इन्दीरा विक सकुन्तला को १० औँ स्मृती सभा धावा २ गोर्खामा सम्पन्न भएको छ ।
शहिदकी आमा विवा विकको अध्यक्षता रहेको स्मृती सभामा एकिकृत नेकपा माओवादीका १० नं इलाका सेक्रेटरी विनोद पाण्डे, धावा गाँउ सेक्रेटरी मदन शाक्य, शहिद परिवार प्रतिनिधि कुमार वञ्जरा लगाएतको उपस्थिती रहेको थियो ।
स्मृती सभामा बोल्दै सहभागिले शहिदको सपना पुरा गर्ने अठोट ब्यक्त गरेका थिए । सोहि अवसरमा शहिद इन्दीरा विक सकुन्तलाको जिवनीका वारेमा समेत चर्चा गरिएको थियो ।
ट्याक्टर दुर्घटनामा २ जना घाईते
0 commentsफागुन ११ गोरखा। जिल्लाको बुंकोट गाविस वडा नं। ३ चारघरेमा आज दिउँसो ट्याक्टर दुर्घटना हुदा २ जना घाईते भएका छन् । ना लु त ३७०२ नम्वरको ट्याक्टर डिलबाट तल खस्दा धादिङ जोगीमाराका चालक ४० बर्षिय कृष्ण श्रेष्ठ र चितवनका सहचालक ३० बर्षिय प्रेमलामा घाईते भएका हुन् ।
घाईते दुवैको अहिले गोरखा अस्पतालमा उपचार भईरहेको छ ।
महिला पनि विद्युत् जडान तालिम लिँदै
0 commentsअनिता केसी फागुन ११ पर्वत । घरमा पुरुष नहुँदा विद्युत्सम्बन्धी समस्याले सताउन थालेपछि पर्वतको माझफाँट गाउँ विकास समितिका महिलाहरु आफै विद्युतसम्बन्धी तालिम लिन कस्सिएका छन् । घरमा बत्ती बाल्न जडान गरेको विद्युत्सम्बन्धी स–साना समस्याले पनि धेरै गाह्रो बनाएपछि महिलाहरु सामुहिक रुपमा विद्युत् जडानसम्बन्धी तालिम लिन थालेका हुन् । विद्युत् जडान तालिमपछि घरमा आईपर्ने विद्युत्सम्बन्धी सामान्य समस्याका लागि पनि गाउँका पुरुषलाई गुहार्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास उनीहरुमा छ । महिलाहरुकै अगुवाईमा पर्वत जिल्लामा नै पहिलो पटक महिलाका लागि विद्युत् जडानसम्बन्धी तालिम सञ्चालन गरिएको हो । नारी चेतना केन्द्र माझफाँटले गाउँ विकास समितिको सहयोगमा तालिम सञ्चालन गर्दै आएको छ । यसअघि विद्युत् जडानसम्बन्धी तालिममा पुरुषहरु मात्र सहभागी हुन्थे । महिलाले पनि गर्न सक्छन ’ स्थानिय अनिता खत्रीले भन्नुभयो –‘खतराको काम पुरुषले गर्ने महिलाले गर्न नहुने भन्ने छैन’। विद्युत् जडान तालिम लिनेमा धेरैजसो विवाहित महिलाहरु छन् । श्रीमान् विदेशमा भएकोले घरमा धेरै समय बस्ने महिलाहरु नै तालिम लिएर आफ्नो समाधान समाधानका लागि अग्रसर देखिएका हुन् । उनीहरुले एक महिनामा विद्युत् जडानसम्बन्धी सामान्य जानकारी मात्र दिइने प्रशिक्षक राम श्रेष्ठ बताउनुभयो । बिजुलीको प्रयोग समेत महिला नै बढी गर्छन् । तत्काल काम चलाउन सहयोग पुरयाउने उद्देश्यले तालिमका लागि सहयोग गरिएको गाविस सचिव तिलोचन अर्यालले बताउनुभयो ।
प्रदर्शनकारीमाथि बल प्रयोग गरिएकोमा राष्ट्र सङ्घको निन्दा
0 commentsप्लटिङको लहर की चुनौती
0 commentsनेपालमा जनसङ्ख्या कम थियो भने अक्रोतिर यातायतका साधनहरुको सुविधा थिएन, सञ्चार सुविधाको अभाव, अशिक्षा र पूँजीमाथि जनताको पहुँचको अभाव जस्ता कारणहरुले गर्दा गाउँ र पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसहरु सहर र तराईतर्फ कम मात्रामा आकर्सित हन सके । तराईमा औलो उन्मुलन भएपछि मात्र पहाडबाट मानिसहरु तराई बसाई सर्न थालेको पाईन्छ । तर अहिले समयले कोल्टे फेरेको अवस्था छ ।
देशका कयौ गाउँहरु आज सहरोन्मुख रुपमा परिणत भईरहेका छन् । स्थापित भएका साना र ठूला सहरहरुमा जनचाप तिब्र रुपमा बढेर गईरहेको छ । सहरी क्षेत्रमा रोजगारको प्रयाप्त अवसर, शिक्षा आर्जनमा सुविधा, स्वास्थ्य सुविधा साथसाथै भौतिक पूर्वाधारहरुमा हुन सक्ने पहुँचले सहरी क्षेत्रमा जनचाप बढनु स्वभाविक नै हो ।
यसले सहरी क्षेत्र र सहरोन्मुख सम्भावना बोकेका ग्रामीण क्षेत्रहरुमा आवासको लागि जग्गाको माग पनि बढेर गयो । यही मागले यस्ता क्षेत्रहरुमा प्लटिङ गर्ने योजनाहरु र आवास योजनाहरुको विकासको लागि उत्प्रेरणाको काम गरेको देखिन्छ ।
विगतमा राजनीतिक अथ्थिरता कायम रहेको स्थितीमा देशमा आर्थिक रुपान्तरको प्रक्रियाले गति लिन सकेन । दीगो रुपमा सरकारी लगानीको अभाव देशमा देखा परयो ।कुनै पनि अर्थतन्त्रको प्रभावकारी मागलाई तिव्र रुपमा वृद्घि गर्न सरकारी लगानीले प्रभावकारी भूमिका खेल्ने गर्दछ ।
नीजि क्षेत्रबाट हुन सक्ने लगानीको उत्प्रेरणाका लागि पनि सरकारले भौतिक पूर्वाधाारको विकासका लागि वातावरणको सिर्जनामा जुन रुपमा लगानी गर्नु पर्ने थ्यो त्यो गर्न नसक्दा उत्पादनमूलक क्षेत्रमा नीजि क्षेत्रसँग विद्यमान पूँजीको पनि सही सदुपयोग हुन सकेन र स्टकको रुपमा रह्यो । देशलाई औद्योगिकरण तर्फ दिशानिर्देश गर्न पनि सकिएन ।
कृषि क्षेत्रमा ७५०० भन्दा जनताको सम्लग्नता छ जुन निर्वाहमुखी पेसाको रुपमा रहेको छ । अल्पबेरोजगारी र मौसमी बेरोजगारी समस्या पनि बढिरहेको छ । यी विगत र वर्तमानका समस्याहरु विद्यमान रहेको परिस्थितिमा पनि पछिल्लो समयमा आएर नेपाली उपभोक्ताहरुको जीवन शैलीमा परिवर्तन देखा परेको छ ।
कृषि पेशाबाट बिस्तारै अन्य पेशामा सम्लग्न हुन थालेको नेपाली जनताहरुमाझ जग्गाको माग खेती गर्न भन्दा पनि एउटा राम्रो बसोबासका लागि थोरै रुपमा भए पनि जग्गा किन्ने लहर चल्न थालेको छ ।
निम्न वर्गका जनताहरु पनि वैदेसिक रा्जगारको पहुँचभित्र रहेका र मध्यम वर्ग जोसँग कम स्थरमा पूँजी छ त्यस्ता उपभोक्ताहरुका लागि प्लटिङ योजना सुविधा सम्पन्न स्थानमा जग्गाको पहुँच वढाउने माद्यम बनेको हो । रेमिट्यान्सबाट आएको रकमले धेरै खेती योग्य जग्गा खरिद गर्न नसक्ने अवस्था छ त्यस्ता उपभोक्ताहरु सानो रुपमा भए पनि भिटा खरिद गर्न रुचाँउदछन ।
प्लटिङ योजनाले उनीहरुको पहुँच पनि सहज भएको छ । अर्कोतिर, ठूलो सहरमा लगानी गर्न नसक्ने र खेतीयोग्य जमिनमा पनि प¥याप्त लगानी गर्न नसक्ने उपभोक्ताहरुका लागि ग्रार्मीण स्थरमा आएको प्लटिङ योजना लाभदायक बनेका छन ।
सहरीकरण तर्फ उन्मुख ग्रामीण क्षेत्रहरु र सहरहरुमा गरिने प्लटिङ योजनाले त्यस्ता क्षेत्रहरुको बसोबासलाई व्यवस्थि गर्ने काम गरेको देखिन्छ । यस्ता योजनाहरुले जग्गालाई योजनाबद्घरुपमा बसोबासका लागि उपयुक्त पूर्वाधार सहित तयार गर्ने गर्दछन् ।
सरकारले घर कस्तो प्रकारको बनाउने न स्पष्ट मापदण्ड ल्याएको छन सर्वसाधारण जनताको पहुँच पुग्ने गरी आवास योजनाहरु ल्याउन नसकिरहेको परि स्थितिमा नीजि स्थरबाट आएको प्लटिङ योजनाले केही रुपमा भए पनि व्यवस्थित योजना ल्याउन खोजेको छ । देशको आर्थिक रुपान्तरणका लागि नीजि क्षेत्रले गरेको यो प्रयासलाई सरहना गर्नु पर्ने देखिन्छ ।
यसका साथै विगतमा बैङ्कहरुले आफ्नो लगानीको ठूलो हिस्सा रियल स्टेटमा लगानी गर्ने गथ्र्यो । त्यसकारण बैङ्कबाट ऋण लिएर जग्गा खरिद गर्ने व्यवसाय केही रुपमा बढेको थियो । यसले पनि यस कारोवारलाई प्रोत्साहन गर्ने काम गयो तर राष्ट्र बैङ्कले पछिल्लो समयमा ल्याएको रियल स्टेटमा गर्ने लगानी सम्बन्धी नीतिले यस क्षेत्रमा गरिने लगानीमा रोक लगायो । परिणाम स्वरुप प्लटिङका जग्गाहरु बिक्रीमा पनि सुस्तता आयो ।
विश्वमा आएको आर्थिक मन्दीले नेपाल भित्रने विप्रेषणको स्थरमा प्रभाव पर्न नसके पनि त्यसबाट आउने रुपयाँ महङ्गा सहरी प्लटिङमा लगानी हुन सक्ने सम्भावना ज्यादै कम छ । किनकी, भारत, खाडी देशहरु र मलेसियामा गएका श्रमीक नेपाली कामदारहरुले पठाएको पैसाको स्थर न्युन रहने कारण यस्ता क्षेत्रमा लगानी हुन सक्दैनन् । साथै २०६२/०६३ सालको जनआन्दोलन र संविधान सभा निर्वाचन मार्फत माओवादी विधिवत रुपमा राजनीतिक मूलधारमा आएपछि पहाडी र ग्रार्मीण क्षेत्रमा सुरक्षित वातावरण भयो साथै गाउँ गायँमा यातायात, सञ्चार, शिक्षाका क्षेत्रमा भएको
अग्ला ठूला ढिस्काहरुलाई सम्याउने, पानीको मुहानको स्रोत भएका दलदल विशेष गरी तराईका क्षेत्रहरुमा नयाँ ठाउँबाट माटो ल्याएर पुर्ने काम गरिएको छ । यस्ता कार्यहरुले पानीको मुहानको रुपमा रहेका दलदल क्षेत्रबाट पानीका मुहानहरु सदाका लागि विस्थापित पनि हुन सक्दछन ।
यसबाट पानीको स्रोत सुकेर जाने गर्दछ । नेपाल जल्रस्रोतमा धनी भए पनि तराईका कयौ भू–भागहरु सिचाँई सुविधाबाट बँचित रहेका छन् । यसरी पानीको प्रमुख स्रोतका रुपमा रहेका यस्ता दलदल क्षेत्रहरुमा गरिने प्लटिङले पानीको स्रोत गुम्न जाने देखिन्छ । किनकी, त्यसलाई पनि सदुपयोग गर्ने खाल्को प्रविधि प्रयोग गएिको देखिदैन । यस कार्यले सिचाईको सुविधा दिएरहेका स्थानहरुमा समस्या र्सिजना हुने देखिन्छ ।
प्लटिङ व्यवस्थाले जुन रुपमा जमिनको मूल्य बढेर गएको छ त्यही रुपमा निम्न वर्गका मानिसहरु पुन जमिनका पहुचबाट बञ्चित भएको स्थिती छ । प्लटिङ व्यवसायले थोरै पैसा हुने उपभोक्ताहरुलाई आफ्नो क्षमता अनुकुलको जग्गा खरिदमा पहुँच त बनायो तर यसले वास्तविक रुपमा भूमिमाथि हुनु पर्ने लक्षित वर्गको पहुँचलाई पुन टाढा बनाएको स्थिती छ ।
मूल्य वृद्रिसंगै आय स्थर बढन नसकेका आम उपभोक्तहरुले बचत गरेको थोरै रकमले चार कोठे पक्की घर बन्न सक्ने प्लटिङका जमिन किन्न सक्ने योजनाहरु आएनन् । सहरी क्षेत्रमा नभए पनि भविष्यमा सहरीकरणका सम्भावनाहरु बोकेका ग्रार्मीण इलाकाहरुमा पनि व्यवस्थित रुपमा प्लटिङमा योजनाहरु ल्याउन सकिन्छ तर लक्षित वर्गलाई जग्गाको पहुँच पुर्याउने हो भने यस्ता योजनाहरु सरकारी स्थरबाट आउनु पर्दछ । किनकी, यो कार्य निम्न वर्गका आम जनताको जीवन स्थरमा परिवर्तन ल्याउने सरकारी योजनासंग जोडिएको प्रश्न हो ।
यो कार्य कम लाभदायक छ र प्रतिफल लामो समय पछि देखिने हुनाले नीजि क्षेत्र यस्ता योजनामा सम्लग्न हुन चाँहदैनन् । तर पनि सरकारले लक्षित वर्गलाई समेट्नु पर्ने नीति जग्गा व्यवसायका लागि ल्याउनु पर्छ । जग्गालाई आवासको रुपमा व्यवस्थित गर्न गरिने प्लटिङ व्यवसायमा जुन स्थरमा ढल निकास, बाटो, पानी, विजुली, पार्किङ इत्यादिको प्रवन्ध गर्नु पर्ने हो त्यो नभई राखेको स्थिती छ भने अर्कोतिर जग्गा व्यवस्था गरिए अनुसारका घरहरु पनि बनेका देखिदैनन् । भूकम्प मापदण्ड प्रयोग गरिएको छ छैन त्यसको अनुगमन पनि प्रभावकारी रुपमा गरिएको पाँईदैन । यी प्लटिङ योजनाहरु दीर्घकालिन दृष्टिकोणबाट हेर्दा प्रभावकारी देखिदैनन् ।
वर्तमान समयमा नेपाल राष्ट्र बैङ्कले ल्याएको रियल स्टेटमा गर्ने बैकको लगानी २०∞ मात्र हुनु पर्ने नीतिले प्लटिङ र आवास योजना प्रभावित भए पनि रेमिट्यान्स र स्थानीय उपभोक्ताको स्थरलाई लक्षित योजनाहरु ल्याउन सकिन्छ । जस्तो इलामका अलैची उत्पादक कृषकहरु प्लटिङका राम्रा उपभोक्ता हुन सक्दछन् । यसरी वैकल्पिक स्रोत जुटाउन सकिए प्लटिङ व्यवसायलाई पुन अगाडी बढाउन सकिने सम्भावना छ।