जेठ ५ कोहलपुर। एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले अनुशासन विपरित काम गर्ने प्रधानमन्त्री झलनाथ खनाललाई कारबाही गरेरै छाड्ने दावी गर्नुभएको छ । माओवादीसँग गोप्य संम्झौता गरेर मुलुकमा द्वन्द्वको अवस्था सृजना गरेकाले कारबाही गरेरै छा्डने उहाँको भनाइ थियो ।
प्रेस चौतारी बाँकेले बिहीवार नेपालगंजमा आयोजना गरेको पत्रकार भेटघाटमा भण्डारीले छिट्टै बस्ने केन्द्रिय समिति बैठकले कारावाहीका सम्वन्धमा निर्णय गर्ने जानकारी दिनुभयो । मुलुकमा लोकतान्त्रिक संविधानको आवस्यकाता भए पनि माओवादीले बाधा उत्पन्न गरेको उहाँको आरोप थियो । भण्डारीले दुई तिहाई बहुमतबाट संविधान सभाको म्याद थप्नु नियम सम्मत नहुने बताउनुभयो ।
उहाँले अन्य दललाई नसमेटी संविधान सभाको म्याद थपिए मुलुकमा द्धन्द्ध उत्पन्न हुन सक्ने खतरा रहेको समेत उल्लेख गर्नुभयो ।
0 comments:
Post a Comment