बैशाख १८ रोल्पा । शान्ति तथा पुनर्निर्माण मन्त्री वर्षमान पुन अनन्तले आगामी जेठ १४ गते संविधान बन्न नसक्ने बताउनुभएको छ । समयमा संविधान निर्माण सम्भव नभएपनि संविधानको मस्यौदा ल्याउन भने दलहरु एकमत भएको मन्त्री पुनको दाबी थियो ।
रोल्पाको लिबाङमा आईतवार आयोजित स्थानिय शान्ति समितिको लागि अभिमुखीकरण तालिमलाई सम्बोधन गर्दै मन्त्री पुनले समयमै संबिधान बन्छ भनेर जनतालाई झुक्याउन नहुने बताउनुभयो । राज्य पुनर्संरचना शासकीय स्वरुप र निर्वाचन प्रणालीका विषयमा मतभेद रहेको भन्दै मन्त्री पुनले संविधान सभामा देखिएका मुद्दाहरुलाई समाधान गर्न जनता सामु लैजाने तयारी भइरहेको जानकारी दिनुभयो ।
माओवादी स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री पुनले राजनैतिक दलहरुबीच सहमती र सहकार्य बिना संबिधान निर्माण तथा शान्ति निर्माण प्रक्रिया सम्भव नभएको जिकिर गर्नुभयो । शान्ति निर्माण प्रक्रियालाई तार्किक निष्र्कषमा पु¥याउन मिडिया, नागरिक समाज र मानव अधिकारबादीको प्रमुख हात रहेका उहाँको भनाई थियो ।
यसअघि कार्यकर्ता भेटघाटमा मन्त्री पुनले सरकारको पूर्णता, संबिधान निर्माण र शान्ति निर्माण प्रक्रियाका सवालमा आफ्नो पार्टीभित्र कुनै मतभेद नरहेको स्पष्ट पार्नुभएको थियो ।
0 comments:
Post a Comment