बैशाख १८ मुस्ताङ। एकिकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले हिमाली जिल्ला मुस्ताङ, कागबेनी गाबिसको दुर्गमगाउ पाङलिङमा कार्यकर्ता, स्थानिय बासिन्दाहरुसग शनिवार प्रत्यक्ष भेटघाट गर्नुभयो । शुक्रबारको सार्वजनिक सुनुवाई कार्यक्रममा मुस्ताङ आईपुग्नु भएका प्रवक्ता शर्माले स्थानिय बासीन्दाका समस्याका बारेका बिशेष चासो लिदै शनिवार दुर्गमगाउ पाङलिङका जनताको घरदैलोमा पुग्नुभएको हो । पाङलिङमा कागबेनी गाबिसका स्थानिय बासिन्दाले शर्माको भब्य स्वागत कार्यक्रमको आयोजना गरेका थिए।
स्थानिय बासीन्दाले कागबेनीको पाङलिङमा ३ सय रोपनी क्षेत्रफलको ल्हेकीनामामा सामुहिक अर्गानिक स्याउ खेतिगर्न सकिने भएकोले सरकारसग पर्खाल बनाउन, सिचाईको ब्यबस्था गर्न आथीक एव प्राबिधिक सहयोगका लागि बिषेश पहल गरिदिन आग्रह गरेका थिए । जनताले नै यस्ता उत्कृष्ट सोच ल्याएकोमा आफुले सरकार समक्ष जनताका कुरा पु¥याउने, कागबेनी गाबिसका पाङलिङ, फल्याक, धार्कजुङ र शान्ताका लागि उपस्वास्थ्य चौकी आवश्यक देखिएकाले पहल गर्ने आश्वासन प्रवक्ता शर्माले दिनुभयो ।
स्थानियवासिन्दाले शर्माको भब्य स्वागत गदै आफ्ना समस्याहरु राखेको पाङलिङका स्थानिय बासीन्दा पेमा ढुण्डुक गुरुङले बताउनुभयो । कार्यक्रम पाङलिङ प्राथमिक बिद्यालयका प्रधानाध्यापक निर्मल गिरीले सचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा सभाषद बिरेन्द्र जवारचन, एकिकृत नेकपा माओवादी मुस्ताङका इन्चार्ज कृष्ण प्रसाद पराजुली लगायतको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment