Sahara Sansar

Friday, April 8, 2011

पोर्चुगलमा जारी आर्थीक संकट समाधानको लागि युरोपियन युनियनले राहत प्याकेजको घोषणा गर्ने


चैत २५  पोर्चुगल पोर्चुगलमा जारी आर्थीक संकट समाधानको लागि युरोपियन युनियनले  राहत प्याकेजको घोषणा गर्ने भएको छ । युनियनका बित्त मन्त्रीले बुडापेस्टमा राहत प्याकेजको घोषणा गर्ने कार्यक्रम रहेको छ । पोर्चुगलका कार्यकारी प्रधानमन्त्री हौसे सोत्रेतेजले आर्थीक सहयोगका लागि आग्रह गरेपछि युनियनले राहात दिनॆ तयारी गरेको हो । 


आर्थीक संकट समाधान गर्न नसकेपछि प्रधानमन्त्री हौसेले पदबाट राजीनामा समेत दिनु परेको थियो । पोर्चुगलको यो आर्थीक संकट समाधान गर्न कम्तीमा १ सय १० अरब डलर आबश्यक पर्ने बताइएको छ ।

यसअघि ग्रिस  र आयरल्याण्डले आर्थिक संकटसंग सामना गर्न आर्थिक प्याकेजको आग्रह गरेको भएपनि पोर्चुगल सँगै अन्य देशमा पनि आर्थिक संकटले असर पार्नसक्ने देखीए पछी युरोपेली युनियनले आज आर्थिक राहत प्याकेजको घोषणा गर्न लागेको हो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae