Sahara Sansar

Sunday, April 24, 2011

राजा विनाको लोकतान्त्रिक व्यवस्था असफल:कमल थापा

 बैसाख ११ बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा विनाको लोकतान्त्रिक व्यवस्था असफल भएको बताउनुभएको छ । आइतबार भैरहवामा संचारकर्मीसँग कुरा गर्दै नेता थापाले राजसंस्था नहुँदा देश अहिले रेफ्रि विनाको खेल जस्तै भद्रगोल भएको तर्क गर्नुभयो । दलहरुले आफ्ना विचार र अवधारणामा पुनर्विचार गरी राजसंस्था सहितको लोकतान्त्रिक व्यवस्थामा सहमति गर्नुपर्ने जिकिर गर्नुभयो ।

परिवर्तनको नाममा इतिहासदेखि मुलुकको संरक्षकत्व गर्दै आएको संस्थालाई पाखा लगाएर अघि बढ्दा मुलुक अहिले विखण्डनको संघारमा पुगेको दावी गर्दै उहाले नेपालको यथार्थता राजसंस्थाको अपरिहार्यता रहेको दोहोर्‍याउनुभयो ।
संविधानसभाको म्याद बारम्बार थप्न नपाइने भन्दै उहाले दलहरुले जनतामाथि अधिनायकवाद लादिरहेको आरोप लगाउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae