Sahara Sansar

Tuesday, April 26, 2011

म्याग्दीमा नक्कली नोट बरामद

हरिकृष्ण गौतम
 बैशाख १३  म्याग्दी जिल्लाको पश्चिम ताकम गाविसमा प्रहरीले एक व्यक्तिबाट नेपाली नक्कली नोट बरामद गरेको छ ।  ताकम गाविसको वडा नंवर ४ मा गुप्ता फ्रेस हाउस सञ्चालन गरेर बसेका रवीकुमार गुप्ताको साथबाट पाँचसय रुपैयाँका १४ वटा नक्कली नोट बरामद गरिएको प्रहरी चौकी ताकमका प्रहरी सहायक निरिक्षक कृष्ण बेलबासे ले बताए ।  

विगत ६ महिनादेखि ताकम गाउँमा कुखुराको माशु बिक्रि गर्दैआएका गुप्ताको साथमा भेटिएको उक्त नोटसहित उनलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बेनी ल्याइंदैगरेको पनि उनले बताए ।  

पाँचसय रुपैयाँका सबै नोटमा सङ्केत नंवर (ख ४४१६४२६७) एकै भएको र पानीमा भिजाउँदा सबै नोटको रङ परिवर्तन भइ एकसय रुपैयाँको जस्तो देखिनुका साथै कमसल कागजका नोट भएका लगायतका प्रमाणका आधारमा नक्कली नोट भएको पुष्टी भएको प्रहरीले जनाएको छ ।  

स्थानीय एक बित्तिय संस्थाका साथै केहि युवाहरूको सहयोगमा उनलाई नक्कली नोटसहित पक्राउ गरिएको बताइएको छ । विगत एक साता अगाडीदेखि गाउँमा नक्कली नोट छ्यापछ्याप्ती भेटिएपछि प्रहरीले त्यसको खोजीकार्य गरिरहेको थियो ।  

यता पक्राउ परेका गुप्ताले भने आँफुले केहि समय अगाडी लुलाङ गाविसको दर गाउँका युवालाई पचास वटा कुखुरा बिक्रि गरेकोमा तिनै युवाबाट नक्कली नोट आएको भन्दै आफ्नो बचाउ गरेको प्रहरीले बताएको छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae