Sahara Sansar

Friday, April 29, 2011

दलहरुबीच विश्वास भए निर्धारित समयमै संविधान आउने: मन्त्री रायमाझी


बैशाख १६ काभ्रेपलाञ्चोक । भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझीले राजनीतिक दलहरुबीच विश्वासको वातावरण सृजना भए निर्धारित समयमै संविधान जारी गर्न सकिने बताउनुभएको छ । काभ्रेको शंखु पिपलटार कटुञ्जे हँुदै वीपी राजमार्ग जोड्ने २५ किलोमिटर ग्रामीण मोटर बाटोको शुक्रबार शिलान्यास गर्न शंखु गाविस पुग्नुभएका रायमाझीले यस्तो बताउनुभएको हो । 

एकीकृत माओवादीका स्थायी समिति सदस्यसमेत रहनुभएका मन्त्री रायमाझीले बाहिर हल्ला आएजस्तो शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्यपुनर्संरचनाको विषयमा खासै मतभेद् नरहेको बताउँदै अहिले दलहरुमा को तल र को माथिको भावना पैदा भएकै कारण निर्धारित समयमा संविधान जारी गर्न समस्या उत्पन्न भएको बताउनुभयो । 

मन्त्री रायमाझीले देशको राजनीतिक स्थिति ठीक नभएको भन्दै आप्mनो देशको स्रोतसाधन, विदेशी लगानी र नेपाली जनताको पसिनालाई सार्थकता दिनसके मात्रै ग्रामीण भेगको विकास हुने धारणा राख्नुभयो  ।  

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae