Sahara Sansar

Thursday, April 21, 2011

बिज्ञापन दलालको संगठन

रविन राचलिका
 बैशाख ९ भक्तपुर बिज्ञापनको लागि क्रियाशिल भक्तपुर र आसपासका बिज्ञापन दलाल प्रेसकर्मीहरु संगठित भएका छन् । सरकारले भ्याट बिलको छानबिन गर्न थाले यता दलालहरुले नक्कली बिलबाट कारोबार गर्दै आएको बिज्ञापनको अनुगमन हुन नदिन यहाँका दलालहरु संगठित भएका हुन । उनीहरुले आफुले तिर्नु पर्ने सरकारी राजश्व छल्न यस्तो हत्कण्डा अप्नाएका हुन । संगठनमा मिडिया हाउसका प्रेस प्रतिनिधि देखि जग्गा दलालको समेत काम गरेका ब्यक्तिहरु संगठित हुने प्रयास गरेका छन् । सरकारी सुबिधा समेत पाउने नेपाल पत्रकार महासंघको पहुँचमा पुग्न नसकेका दलालहरुलाई यस संगठनमा स्थान दिने निति लिइएको छ ।
संगठनमा नगरकोटका दिपक लामिछाने, दोलखाका मकर श्रेष्ठ, सुडालका रमशे गिरी आशामरु, कमलबिनायकका रमेश दनेगुलु, जग्गा दलाल सोम शर्मा भन्ने सोमनाथ बजगाई, आदि संस्थापक सदस्य रहेका छन् । यस किसिमका संगठन कति आए कति गए भन्ने हिसाब किताब समेत सरकारले कुनै निकायले राखेको छैन ।
कृषि पत्रकार समाज हरेक बर्ष बैशाकमा क्रियाशिल हुने गरेको छ । कृषि अनुसन्धान परिषद नार्कले प्रदान गर्ने पुरस्कार बैशाक २४ गते प्रदान गरिने भएकोले यो समाज क्रियाशिल हुदै आएको छ । बबरमहलमा घटना र बिचार साप्ताहिकको कार्यलय नजिकै रहेको स्वास्थ्य पत्रकार समूहले पाँच बर्ष सम्म घरधनीलाई बहाल बुझाएन । अहिले भने घरधनीले कार्यलयकाको ताला खोलेर अर्को ब्यक्तिलाई घर कोठा भाडामा दिएका छन् । उता सन् १९९८ मा होटेल मस्र्याङदीमा स्थापना गरिएको पर्यटन पत्रकार समूहको स्थिति अहिले अज्ञात छ तर पर्यटन बर्ष २०११ मा रामशाहपथमा अर्को पर्यटन पत्रकार समूह गठन गरिएको छ । मिडिया बन्ने र समाप्त हुने क्रम जारी छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae