Sahara Sansar

Monday, April 25, 2011

दिगो शान्ति तथा समृद्धिको लागि पर्यटन

हिम नाथ दवाडी
 बैशाख १२ पोखरा। टान–वेस्टन च्याप्टर, एनसिसिआर नर्थ–साउथ र मानव संसाधन अध्ययन केन्द्र (एचएनआरएससी)– काठमाडौँ विश्वविद्यालयको आयोजनामा दिगो शान्ति तथा समृद्धिको लागि पर्यटनको भूमिका विषयक राष्ट्रिय गोष्टि हालै पोखरामा सम्पन्न भएको छ । 

नेपालमा दिगो रुपमा शान्ति भएमा नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने र त्यसको लागि नेपालमा जारी शान्ति निर्माण प्रक्रियामा पर्यटनको भूमिका खोतल्नु, पर्यटनलाई दिगो बनाउन पर्यटन कर्मी तथा अनुसन्धानको भूमिकाबारे बहस थाल्नु र शान्ति प्रवद्र्धन गर्न पर्यटन सम्बन्धित आचारसंहिताको चर्चा गर्नुपर्ने विचार गोष्टिमा उपस्थित भएका विज्ञहरुको भनाई रहको थियो । 

पर्यटन क्षेत्रमा काम बैज्ञानिक तथा गैर–बैज्ञानिक अभ्यासकर्ताहरुको अझैबढी अनुसन्धान, अन्वेषण एवम् विश्लेषणसहितको एकिकृत प्रयासले सामाजिक एवम् समन्यायीक शान्ति स्थापना गर्न सहयोग पु¥याउने छ । यसले राष्ट्रिय शान्ति निर्माणमा पर्यटन क्षेत्रभित्रै तथा यस बाहिरवाट पनि अर्थपूर्ण योगदान मिल्नेमा अन्र्तक्रिया आयोजक विश्वस्त देखिन्छ । 

कार्यक्रममा पर्यटन उद्यमी, पर्यटन सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रशासन तथा प्रहरी अधिकृतहरु एवम पर्यटनको विषयमा अनुसन्धान गरिरहेका व्यक्तित्वको उपस्थिती उक्त कार्यक्रममा रहेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae