Sahara Sansar

Thursday, April 28, 2011

घ्याच्चोकबासीका ११ प्रतिबद्धता

राजेन्द्र न्यौपाने
 गोरखा जिल्लाको घ्याच्चोक गाउँ विकास समितिलाई पूर्ण सरसफाईयुक्त बनाउन घ्याच्चोवासीहरुले ११ बुँुदे घोषणा पत्र जारी गरेका छन् ।उनीहरुले सबै घर परिवारले नियमित चर्पी प्रयोग गरि मर्मत संभार गर्ने, चर्पी गएर आएपछि दिसा धोएपछि, खानापकाउन अघि, खाना खानु अघिपछि, बच्चालाई खाना खुवाउनु अघिपछि र फोहोर छोएपछि, राम्रोसँग मिचिमिचि सावुन वा खरानी पानीले हात धुने, खानेपानीको गाग्री भित्र बाहिर नियमित सफा गर्ने र खाना तथा पानी छोपेर राख्ने ,घर आँगन बाटो वर पर र सार्वजनिक स्थानमा नियमित सरसफाई गर्ने,भाडा सुकाउने चाङ, भाँडा माझ्ने स्ल्याब नियमित प्रयोग गर्ने, खाने पानीको मुहान, पानी जम्मा गर्ने ट्याँकी , धारा नियमित सरसफाई गर्ने, पशुपंछि ( सुँगुर, बंगुर, कुकुर, कुखुरा )लाख व्यवस्थीयत गर्ने तथा गाई बस्तुको गोबर मललाई व्यवस्थि गर्ने उनीले प्रतिबद्धता गरेका छन् ।

यसैगरी विद्यालय,स्वास्थ्य चौकी, गा.वि.स. भवन र सामुदायिक भवनहरमा फोहोर व्यवस्थित गर्ने, नुहाउदा, कपडा धुँदा वा अन्य काम गर्दा धाराबाट वा ट्याँकीबा खेर गएको पानीलाई तरकारीबारीमा प्रयोग गर्ने वा उचित तरिकाले व्यवस्थापन गर्ने, आगामी दिनमा खानेपानी र सरसफाईका लागि नियमित मर्मत संभार कोष संकलनलाई निरन्तरता दिने, गा.वि.स. भित्र कसैले बाहिर दिसा पिसाव गरेको देखेममा रु १५० जरिवाना गर्ने साथै घर छुट्टिएर वा बसाइसराई गरि आउने घरहरुले अनिवार्य रुपमा चर्पी निर्माण गरि प्रयोग गर्न लगाउने निति नियमलाई कार्यन्वयन गर्दै यस गा.वि.स.लाईपूर्ण सरसफाई र दिगोपनको व्यवस्थापन गर्ने गाउँलेहरुको प्रतिबद्धता रहेको छ ।

गा.वि.स.मा रहेका ४१३ घरधुरीहरुमा पक्की शौचालय घरैपिच्छे धारा भएको गोरखा जिल्लाको घ्याच्चोकगा.वि.स एकमात्र रहेको छ । २०४६ सालको जनआन्दोलन पछि सिम्जुङबाट अलग गराइएको उक्त गा.वि.स. निर्वाचन क्षेत्र नं. २ को अन्तिम गा.वि.स. हो । २०६३ साल सम्म जम्मा सात घरमा मात्र शौचालय रहेको यो गाउँको अहिलेको अवस्थाले देशको विकास सजिलै सम्वभ रहेको संकेट गरेको छ ।

पञ्चवर्षिय योजना निर्माण गर्दा मलेसिया र नेपालमा नेपालको स्थिति बलियो रहेपनि नेपालबाट आज मलेसियामा काम गर्न नेपालीहरु जानुपर्ने बाध्यता छ । शिक्षा , स्वास्थ्य क्षेत्रको गाउँबाटै विकास गरी ग्रामीण उत्पादनमुखि सहकारीमो जोड सरकारले दिन सके सबै नेपालीहरुको भविष्य स्वर्णीम हुने गोरखाको घ्याच्चोकले पाठ सिकाएको छ ।

राष्ट्रिय वातारण पुरस्कारको पर्र्खाइ रहेको उक्त गा.वि.स.मा दाताको लगानी र गाउँलेको अथक परिश्रमले राम्रो काम सम्भव भएको हो । गाउँमा रहेका प्रत्येक घरधुरीले ७२ दिनसम्म लगातार श्रम गरेका थिए भने २०६५ बाट थालिएको अभियान २०६७ मा सम्पन्न भएको थियो । नेपालका सबै गा.वि.स.का मानिसहरु गोरखाको घ्याच्चोक गा.वि.स.का मानिसहरु जस्तै लागि पर्ने हो भने स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुनेछ । स्वास्थ्यमा गर्नुपर्ने खर्च विकासमा गर्दा यसले गाउँको विकासमा राम्रो टेवा पुग्दछ र सबैको भविष्य उज्जववल हुन्छ । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae