Sahara Sansar

Wednesday, April 27, 2011

भलिबलको उपाधी पोखरालाई

बैशाख १४ पोखरा ।नेपाल गणतान्त्रिक खेलकुद महासंघ तमुवान राज्य समिति पोखराले रुकुममा जारी खुल्ला शहिद स्मृति रनिङ्ग सिल्ड पुरुष तथा महिला भलिबलको उपाधी जितेको छ ।सदरमुकाम खलंगामा भएको पुरुष भलिबलमा जनमुक्ति सेनाको पाँचौ डिभिजनलाई तीन–शून्यको सोझो सेटमा हराउँदै पोखराले उपाधीमा कब्जा जमाएको हो ।

आजै भएको महिला भलिबलको उपाधी पनि पोखराले नै हात पारेको छ । महिला भलिबलमा पनि जनमुक्ति सेनाको पाँचौ डिभिजनलाई तीन–शून्यले हराउँदै पोखराले उपाधी उचालेको हो । पुरुषतर्फको उपाधीसँगै पोखराले नगद एक लाख, शिल्ड र प्रमाणपत्र पाएको छ । उप विजेता जनमुक्ति सेनाको पाँचौं डिभिजनले ५० हजार नगदसहित मेडल र पमाणपत्रमा चित्त बुझाएको छ ।

त्यस्तै महिला भलिबल विजेता तमुवान राज्य समिति पोखराले नगद ५० हजारसहित शिल्ड,प्रमाण पत्र र उप–विजेता पाँचौ डिभिजनले नगद २५ हजारसहित मेडल, प्रमाणपत्र पाएको छ ।

गएको बैशाख ९ गतेदेखि सुरु भएको खेलमा २२ पुरुष र १० महिला समुहले सहभागिता जनाएका थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae