Sahara Sansar

Friday, April 29, 2011

बसको छतमा यात्रु राखिए जरिवाना गरिने

यम चौलागाई
 बैशाख १६ सिन्धुली। बर्दिबास– सिन्धुली– वनेपा वीपी राजमार्गमा सवारी दुर्घट्ना बढ्दै गएपछि स्थानीय प्रशासनले त्यसलाई न्युनिकरण गर्न पहल सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रवार एक सर्बपक्षिय बैठक बोलाई त्यसबारे छलफल गराएको छ । छतमा यात्रु बोक्ने बसलाई पहिलो पटक दुई हजार रुपिया र फेरी पाईएमा पटकैपिच्छे दोब्बर जरिवाना गर्दै जाने बैठकमा सहमति भएको छ । यसरी जरिवाना हुने रकम उक्त कोषमा जम्मा गर्ने निर्णय भएको छ । सर्बदलिय बैठकमा सहभागि वीपी यातायात सेवा समितिका पदाधिकारीले पनि बैठकमा भएको सहमतिलाई पूर्ण पालना गर्ने बताएको कार्यालयले जनाएको छ।

बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारीले दुर्घट्ना कम गर्न बसको छतमा यात्रु बोक्ने सम्बन्धित गाडी धनीलाई कडा कारबाही गर्ने र सवारी साधन दुर्घट्ना उद्धार कोष स्थापना गरिने सहमति भएको बताउनु भयो । बैठकमा सार्बजनिक यातायात आचार संहिता २०६७ को पूर्ण कार्यान्वयन गराउने निर्णय
भएको छ । बस चलाउनुअघि ट्राफिकलाई चेकजाँच गराउने, मोबाईल फोनमा गफ गर्ने र जाँड रक्सिको सेवन सबारी चलाएको बेला निषेध गर्ने लगायतको सहमती भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकरी दिनुभयो ।

छलफलमा भएका निर्णय शुक्रबारदेखि नै कार्यान्वयनमा ल्याईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शुक्रबारको बैठकबाट भएको निर्णय यातायात व्यवसायिले आ–आफ्नो समितिभित्र छलफल गरी बैशाख २५ गते जिल्ला प्रशासन कार्यालयमा बस्ने सर्बदलिय बैठकमा जानकारी गराउनु पर्ने बैठकमा सहमति भएको छ । छलफल कार्यक्रममा एकिकृत नेकपा माओवादीका सह–ईन्चार्ज राजन दाहाल, दिर्घराज श्रेष्ठ, नेपाली काँग्रेसका सभापति मोहन बराल, सुरक्षाकर्मी, यातायात व्यवसायि लगायतको सहभागिता रहेको थियो ।

यसैबीच वीपी राजमार्गमा बिहिबार भएको बस दुर्घट्नामा निधन भएका रामेछाप जिल्ला खाडादेवी गाविस–९ निवासी सोमबहादुर कार्कीको र सालु गाविस–२ निवासी ढुण्डीराज भुर्तेलको परिवारलाई किरीयाखर्च स्वरुप २५ हजार रुपियाका दरले वीपी राजमार्ग यातायात सेवा समितिबाट सहयोग दिलाईएको प्रजिअ भण्डारीले बताउनुभयो ।

दुर्घटनामा कार्की, भुर्तेल र रतनचुरा सिन्धुलीका गणेश श्रेष्ठको मृत्यु भएको थियो भने अन्य ३० यात्रु घाईते भएका थिए । छलफलमा सहभागि मध्यपहाडी यातायात व्यवसायि समितिका अध्यक्ष टिका देवकोटाले भाडा दर पुरानो भएकाले त्यसलाई पुनराबोलकन गरि भाडा दर बढाउन माग गर्नु भएको थियो ।

वीपी राजमार्ग यातायात सेवा समितिका अध्यक्ष राजेन्द्रबिक्रम थापाले ठाँउ–ठाँउमा गाडीवालासँग पैसा असुल्ने समूह बढेकाले सुरक्षाको माग गर्नु भएको थियो । यातायाता अनुगमन समितिले चेकजाँच गरी रहने पर्ने पनि उहाँको भनाई थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae