Sahara Sansar

Thursday, April 28, 2011

मस्जिदसहित ११ घर जले


प्रतीक्षा वान्तवा
 बैशाख १५ धरान। मोरङको टकुवा गाविसमा आगलागी हुँदा एउटै बस्तीको ११ घर जलेर नष्ट भएको छ । गहुँ काट्ने थ्रेसरबाट सल्केको आगोले एक मस्जिदसहित बस्तीलाई नै खरानी बनाएको मोरङ प्रहरीले जनाएको छ।बिहीवार  बिहान भएको आगलागीमा टकुवा–८ का ११ घर जलेका छन् । बस्तीमा रहेको मुस्लिम समुदायको मस्जिद पनि जलेर नष्ट भएको छ । विराटनगरबाट गएका बारुणयन्त्र, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीयवासीले दुई घण्टापछि आगो निभाएको प्रहरीले जनाएको छ ।

आगलागीमा टकुवा–८ का मुसलिम मिया, मोहमद हुसेन, अलि हुसेन, सलमान, सोने लाल साह, बिसेक साह, सीताराम साह, परमानन्द साह, मानदेवी साह र निलप्रसाद साहको घर जलेर नष्ट भएको छ । आगलागीमा घर जलेपछि ती घरहरुमा बसिरहेका झण्डै २ सय व्यक्ति बिचल्लीमा परेका छन् ।

उता, सप्तरीको भगतपुरमा पनि बिहीवार  भएको भीषण आगलागीमा २७ परिवारका चार दर्जन बढि घरहरु जलेर नष्ट हुँदा ५३ लाख रुपैंयाँ बराबरको क्षति भएको छ । भगतपुर १ दुर्गापुर टोलका देवु खङको घरबाट विहान २ बजे अचानक सुरु भएको आगलागी फैलिंएर टोलका ५० भन्दा बढि घर, गोठ जलेर नष्ट भएको हो ।

आगलागीबाट टोल नै खरानी भएपछि करिब एक सय जना घरबारविहीन भएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae