Sahara Sansar

Saturday, April 23, 2011

लोकतन्त्रका बिरुद्ध कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने


बैशाख १० काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले लोकतन्त्रका बिरुद्ध काँग्रेशले कसैसँग पनि सम्झौता नगर्ने बताउनु बताउनु भएको छ । सहित्यकार मोतिराज बमद्धारा लिखित कर्णालिको लोकजिवन कृतिको बिमोचन कार्यक्रममा बोल्दै देउवाले सो कुरा बताउनु भएको हो । शान्ति प्रकृया पूरा गरेर मात्र नयाँ संविधान जारी गर्नुपर्ने बताउनुभएका देउवाले माओवादिलाई हतियार बिहिन बनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले प्रजातान्त्रिक मूल्य मान्यतामा अधारित संविधान निर्माण गर्नुपर्ने  बताउनु भयो । सोहि कार्यक्रममा सहभागि अर्का नेता अर्जुन नरिसंह केसिले जनवादको आवरणमा माओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउँदै त्यस्तो कार्य कुनै पनि हालतमा स्विकार्य नहुने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae