Sahara Sansar

Thursday, April 21, 2011

पार्टी अध्यक्ष प्रचण्डविरुद्ध छुट्टै दस्तावेज पेश गर्ने तयारीमा बैध्य


बैशाख ८ काठमाण्डौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष मोहन बैद्य किरणले केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डविरुद्ध छुट्टै दस्तावेज पेश गर्ने भएका छन् ।माओवादी अध्यक्ष प्रचण्डले जनविद्रोहको कार्यदिशा स्थगित गर्दै शान्ति र
संविधान निर्माणको नेतृत्व लिन प्रस्ताव पेश गरेपछि असन्तुष्ट बैद्यले शुक्रबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकमा छुट्टै दस्तावेज पेश गर्ने भएका हुन् । ‘अध्यक्षको प्रस्तावमा हाम्रो असहमति छ’ बैद्य पक्षको पोलिटव्यरो सदस्य हरिभक्त कँडेलले भन्नुभयो-’केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष बैद्यले त्यसलाई लिखित रुपमा राख्नु हुनेछ ।’


अध्यक्ष प्रचण्डले बुधबारको पोलिटव्यूरो बैठकमा तत्काल विद्रोहमा जाने सम्भावना नरहेको निष्कर्षसहित हाललाई शान्ति र संविधानलाई मुल कार्यदिशा बनाएर जाने राजनीतिक प्रतिवेदन पेश गरेका थिए । केन्द्रीय कमिटि वैठकमा पेश हुने रणनीतिबारे छलफल गर्न बैद्य पक्ष बिहीवार दिनभरजसो आन्तरिक छलफलमा ब्यस्त थिए । छलफलले केन्द्रीय समितिमा बहुमतका आधारमा अध्यक्षको प्रस्ताव पारित गर्न खोजे राष्ट्रिय भेला वा पुन विस्तारित वैठकको माग गर्ने रणनीति बनाएको छ ।

विस्तारित बैठकले तय गरेको कार्यदिशा त्यो भन्दा तल्लो निकायले संशोधन गर्न नसक्ने उनीहरुको भनाई छ । ‘अध्यक्षले पालुङटारको विस्तारित बैठकको कार्यदिशा विपरित प्रस्ताव ल्याउनु भएको छ’ कँडेलले भने-’त्यसलाई संशोधन गर्न त त्यो भन्दामाथिको निकायमा जानुपर्छ ।’ पार्टीमा छलफल नै नगरी विस्तारित वैठकको निर्णय उल्ट्याउन खोज्नु आन्दोलन, जनता र कार्यकर्तामाथिको विश्वासघात भएको बैद्य पक्षको आरोप छ ।
प्रचण्डलाई आन्दोलन ,राष्ट्र र कार्यकर्ताको माया छैन भन्ने स्पष्ट भयो- कँडेलले आरोप छ । अनलाइनखवरसँगत कुरा गर्दै कँडेलले प्रचण्ड सुधारवादी लाइनमा भासिन थालेको आरोप लगाउनु भयो । ‘खरिपाटी भेलाअघि बाबुरामसँग टाँसिएका प्रचण्डलाई पालुङटार भेलाबाट जवर्जस्ती तानेर क्रन्तिकारी लाइनमा ल्याइयो, अहिले फेरि उतै जानुभयो’ कँडेलले भन्नुभयो-’यो दक्षिणपन्थी अवसरवादी प्रवृत्ति हो ।’

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae