Sahara Sansar

Tuesday, April 26, 2011

देशलाई नयाँ उचाइमा पुर् याउन माओवादी र एमाले बीच सातबुँदे सहमति भएको :प्रधानमन्त्री खनाल

कूल तामाङ वैशाख १३ रसुवा । प्रधानमन्त्री झलनाथ खनालले सरकार र निजी क्षेत्रको साझेदारीमा धुन्चेदेखि गोसाइकुण्डसम्म केवुलकार निर्माण गरिने बताउनुभएको छ ।

प्रधानमन्त्री खनालले आज रसुवा जिल्लामा सुरुभएको गोसाइकुण्ड-लाङटाङ रसुवा महोत्सवको उद्घाटन गर्दै स्याप्रुवेसी-रसुवागढी अन्तर्राष्ट्रिय केरुङमार्ग निर्माण भइरहेकोले यहाँ सुख्खा बन्दरगाह निर्माण दुर्लभ रेडपाण्डाको संरक्षण र चांैरीको दूधबाट बनाइएको छुर्पीलाई आधुनिकीकरण गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।

उहाँले एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिमा सर्वपक्षीय सरकार निर्माण गरी देशलाई नयाँ उचाइमा पुर् याउन दृढ सङ्कल्प लिइएको बताउँदै वर्तमान सरकार दुईवामपन्थी बीचको नभई सबै दलको साझा भएको बताउनुभयो ।

सो अवसरमा प्रधानमन्त्री खनाललाई जिल्लाका १८ गाविसका जनताको तर्फबाट १८ किलोको फुलको माला लगाई स्वागत गरिएको थियो उहाँले १८ वटा परेवा उडाएर शान्तिको कामना गर्नुभएको थियो ।

ुजडिबुटी तरकारी आलु र चीज रसुवाको धन्दा पर्यटनको लागि कुण्डस्थल लाङटाङ तामाङ सम्पदा मार्ग र रेडपाण्डाु भन्ने मूल नाराका साथ वैशाख १९ गतेसम्म साचालन हुने सो महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा स्थानीयस्तरमा उत्पादित सामानहरुको स्टल राखिएको छ ।

महोत्सव मूल समारोह समितिका अध्यक्ष कैसाङ नुर्पु तामाङले जिल्लाको समग्र आर्थिक तथा सामाजिक रुपान्तरणका लागि विद्युत उद्योग व्यापार कृषि शिक्षा स्वास्थ्य र पर्यटन क्षेत्र प्रवद्र्धनमा टेवा पुर् याई पर्यापर्यटनको माध्यमबाट स्थानीयस्तरमा रोजगारीको सिर्जना गरी गरिबी निवारणमा टेवा पुर् याउने लक्ष्य राखिएको बताउनुभयो ।

सो अवसरमा माओवादी फुर्पु वाङ्दी तामाङ नेपाली काँग्रेसका सभापति लामा कार्पु तामाङ नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङ सभासद् प्रेम तामाङ सहितका वक्ताले लाङ्टाङ गोसाइकुण्ड रसुवा महोत्सवले समग्र रसुवावासीको आर्थिक सामाजिक उत्थानमा टेवा पुर् याउने बताउनुभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae