Sahara Sansar

Monday, April 25, 2011

साहसिक पर्यटन र नेपाल पर्यटन बर्ष २०११

हिमनाथ दवाडी।
 नेपाल एक प्राकृतिक सम्पदाले धनी देश हो । विश्वको सर्वाेच्च हिमाल सगरमाथा (८८४८मि) लगायत ८ हजार भन्दा माथिका १४ वटा हिमाल हाम्रो देशमा अवस्थित छ । त्यस्तै लुम्बिनि, जनकपुर, गोरखनाथ, पशुपती लगाएतका विश्व प्रख्यात मठ मन्दिर नेपालको गहना हो । नेपाल एक भौगोलिक विकटता भएको देश, वन पाखा, नदी, हिमाल, पर्वत, मठ, मन्दिर, धार्मिक, सामाजिक तथा सांस्कृतिकको खानी भएको देश हो नेपाल । विश्वको उत्कृष्ठ १० गन्तव्य मध्येको एक नेपालको विश्व बजारमा प्रचार प्रसार गर्न सकेमा नेपालमा पर्यटक भित्र्याउन कुनै समस्या देखिदैँन । 

नेपाल सरकारको राष्ट्रिय कार्यक्रम नेपाल पर्यटन बर्ष २०११ को औपचारिक सुरुवात भइसकेको छ फल स्वरुप दीनानुदिन नेपाल भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा पनि बृद्धि भएको छ । त्यस्तै नेपालले यसै कार्य बमोजिम प्रत्येक महिना एउटा न एउटा अन्तर्राष्ट्रिय कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमको ध्यान नेपालको क्रियाकलापमा परेको छ । नेपालमा बारम्बार भइरहने बन्द, हड्ताल, चक्काजामको केही मोड फेरिएको छ । त्यसले पनि सङ्केत गरेको छ, अब नेपालमा शान्ति छाइसकेको छ । अर्काे तर्फ नेपालको राजनीतिक अस्थिरताले भने अन्यौलको वातावरण यथोचितै रहेको छ । 

नेपाल पर्यटन बर्ष २०११ को सुरुवात सँगै नेपालमा अन्तर्राष्ट्रिय गायक एडम्स् ब्राण्डले कन्सर्ट प्रस्तुत गरे, ३६ बर्ष पछि दक्षिण एसियामा पहिलोपटक कोरियाली बालकलाकारहरुले आफ्नो जादुमय कला प्रस्तुत गरे , साहसिक पर्यटनको लागि पोखराको फुलवारी रिजोर्टमा अन्तर्राष्ट्रिय ट्राभल मार्ट सम्पन्न भयो, यही चैत ६–१० गते सम्म एसियामानै पहिलो पटक अन्तर्राष्ट्रिय बैज्ञानिक सम्मेलन भयो उक्त सम्मेलनमा करिब ५३ देशका ३ सय जना विश्व विख्यात बैज्ञानिकहरुको उपस्थिती थियो । त्यस्तै आउदो अप्रिल ७–१३ सम्म एसियामानै पहिलो पटक अन्तर्राष्ट्रय क्यानोनिङ आयोजना हुने भएको छ । यस्तो कार्यले हाल अन्तर्राष्ट्रिय सञ्चार माध्यमको ध्यान नेपालको गतिविधिमा दृढित भएको छ र विश्व बजार ओगटेको छ । नेपाल भौगोलिक वनावटले सानो भएपनि यहाँका मनोरम दृष्यले संसारका जुनसुकै मनुष्यको दर्शनलाई ध्यानाकेन्द्रित गर्न सफल भएको छ । 

नेपाल साहसिक पर्यटनको क्षेत्रमा निकै अगाडि रहेको छ । विश्वको सर्वाेच्च शिखर सगरमाथाको देशको नामले विश्वमा नेपाल कहलीएको छ । साहसिक पर्यटनको क्षेत्रमा हाल नेपालमा विभिन्न संघ, संस्था सक्रिय रुपमा लागि परिरहेका छन् , आ–आफ्नो कार्यक्षेत्र तय गरी अगाडि बढ्ने संस्थामा नारा, टुर्गान, टान, हान, सोट्टो आदि छन् । आफ्नो कार्यमा रमाउन चाहने पर्यटकलाई आकर्षणीय तवरवाट यी सघं, संस्थाले भरपुर मनोरञ्जन दिइराखेका छन । 

नेपाल पर्यटन बर्ष २०११ सफल पार्न सवै पर्यटन व्यवसायीहरु एक भइ हातेमालो गरी अगाडि बढिरहेको अवस्था छ, तर हाम्रो देशमा राष्ट्रिय ध्बजाबाहाक जहाजको कमी छ त्यसलाई अन्त्य गर्न तत्काल जहाज खरिद गरी सेवा सञ्चालन गरेर अगाडि बढेमा पर्यटन क्षेत्रको भविष्य उज्जल देखिने पर्यटन व्यवसायीहरुको आवाज छ । साहसिक पर्यटनको क्षेत्र भित्रकै एउटा क्षेत्र हो ¥याफ्टिङ्ग । हालै सम्पन्न रङ्गको पर्व होलीको विशेष अवसर पारेर त्रिशुली नदीमा नाराले फागु जलयात्रा महोत्सव सम्पन्न गरेको छ । नेपालमा साहसिक जल यात्राको विकाश, विस्तार, संरक्षण, प्रवद्र्धन, नीति नियम तथा भौतिक पूर्वाधार विकासका लागि पहल गर्ने उदेश्यले सन् १९८९ मा स्थापना भएको नाराले विभिन्न कार्यक्रम गदै आएको छ । 

सन्र्दभ होलीको नै हो, फागुजल यात्रा महोत्सवको क्रममा अधिकांश रिभर गाइडहरुको रुपमा केटीलाई पाइयो । हामीले उहाँहरुलाई सोध्यौ उहाँको प्रतिक्रिया केटा केटी सबै मानिस, रगत सबैको रातो अनि किन भेदभाव जस्तो सुकै साहसिक कार्य गर्न पनि केटीहरु तयार भएको पाइयो । त्रिशुली नदीको गहिरो अनि निलो रह, यता उता ठूला ठूला पहरा अनि भूमरी परेको भङ्गालो त्यस माथि केबल एउटा हावा भरीएको ल्प्रास्टिकको टियुको आधारमा मान्छेलाई मुटु काम्ने भङ्गालोमा लैजाने र गाइड गर्ने के यो चानचुने कुरो हो ? मानिसको जिन्दगीसँग जोडिएको छ यो, अलिकती यताउता भयो भने जिवनलिलानै समाप्त हुन्छ तर पनि यस कार्यमा केटीहरुको आकृष्ठ बढ्दै गएको देखिन्छ । ¥याफ्टिङ्ग गाइड रितु लामा ग्यान्ड का अनुसार जल पर्यटनको क्षेत्रमा सबै कार्य आफुले सहज रुपमा गर्न सक्ने बताइन् । 

त्यस्तै २०६८ सालको अवसरमा अन्नपूर्ण चौथो हिमालको आरोहणमा जुटेका छन नेपालका चार चेली । हालसम्म नेपाली चेलीले यस हिमालको आरोहण गरेका छैनन् । एउटा पाखा, पखेरा, कन्दरा, कुना, काप्चा, हिमाल, पहाड, तराईमा बस्ने नेपाली महिलाहरु यस्तो जीवन मृत्युको दोसाधमा उभिएर किन यस्तो कार्य गरेको होलान् ? आफ्नो नाम राख्न ? पैसा कमाउन ? देशको नाम उच्च राख्न ? तर, होइन महिलाले पनि पुरुष सरह कार्यगर्न सक्छन महिला पनि सक्षम छौ भन्ने देखाउन मात्र देखाउन । प्रत्येक नेपालीले आ–आफ्नो तवरवाट अगाडि बढेमा देश विकास गर्न कुनै गाह्रो छैन । हामी नेपालीहरु एक अर्काको खुट्टा तान्नमा व्यस्त हुन्छौँ त्यसलाई छोडी सबै मिलेर अगाडि बढेमा अवश्यपनि पर्यटन बर्ष २०११ तथा नेपालको पर्यटनको क्षेत्रमा निकै अगाडि बढ्नेमा कसैको दुई मत देखिदैन । 

नेपाल पर्यटन बर्ष २०११ को धारणा प्रस्तुत हुने विक्तिकै कला, खानपान, संस्कृतिका साथै अन्य मनोरम दृष्य सहितको होमस्टेको प्रावधानलाई अगाडि सारेको छ तर त्यसलाई व्यवस्थित कसरी गर्ने त्यसमा सबैलाई धौधौ परिरहेको छ । पर्यटन उद्योग महाशाखाले होमस्टेको विधानमा तोके अनुरुपको सुविधा हुनुपर्ने बताउछ तर होमस्टे सञ्चालन गर्न मन हुने गाँउवासीले कसरी त्यसलाई पुरा गर्न सक्छन् न सरकारले कुनै सहयोग गर्छ नत अन्य कुनै निकायले उनीहरुको समस्यम ज्युका त्यू छ त्यस्तो पाराले कसरी सुविधा सम्पन्न होमस्टे सञ्चालन गर्न सक्छन ? यसमा कुनै निकायको ध्यान पुग्न सकेको छैन । करिब पर्यटन बर्षको चौथाई समय वितिसकेको छ तर नेपाल भ्रमणमा के कती पर्यटक आए अनि उनीहरुले कस्तो सुविधा पाएका छन भन्ने कुरा पर्यटन मन्त्रालयलाई अत्तोपत्तो छैन अनि “मुखले रामराम बगलीमा छुरा” भने जस्तै भएन र नेपाल पर्यटन बर्ष ? 

विभिन्न सभा समारोहमा मिठा मिठा अनि ठुला ठूला भाषण गर्ने अनि आफ्नो वाटो लाग्ने हाम्रो देशमा पर्यटन सम्बद्ध व्यक्तित्वको यस्तो चरित्रले सबैलाई मर्माहीत पारेको छ । “ताक परे तिवारी नत्र गोतामे” भने जस्तेै भएको छ हाम्रो देशको समग्र पर्यटन क्षेत्र अनि देश विकासको कुरा । यी सारा कुरा खै कहिले कस्ले सोच्ने सधै हाम्रा देशका नेतालाई गृहमन्त्रालय चाहिने अनि जनताको भावनालाई कहिले बुझ्ने ? के यही हो सबै नेता तथा राजनीतिकदलको देशप्रतिको दायित्व, बधाई छ नेता ज्यूहरु यस्तै गर्दे जाउ अनि कुनै दिन जनताले तिमीहरुलाई फाँसिमा झुण्याउने छन् अनि मात्र बनाउला संविधान । जनताको परिश्रमवाट आर्जेको सरकारी ढुकुटी सकेर चिल्ला गाडी चढेझै सबै मिलेर अगाडि बढे असम्भव के छ र त्यस माथि पनि हाम्रो देश सानो छ , मायालु छ अनि सुन्दर यो देश नेपाललाई विश्वमा नचिन्ने सायद अविरलनै होलान्, जे होस् सबै नेपालीले शाहसिक कार्य गर्नु पर्छ हाम्रो देश प्रकृतिलेनै धनी बनाइ दिएको छ । 

नेपाल सरकारको सरकारी कार्यक्रम नेपाल पर्यटन बर्ष २०११ को महत्वपूर्ण कार्यको रुपमा निजामति कर्मचारी टोली सगरमाथा आरोहणमा जादै छ । उनीहरुलाई हार्दिक बधाई अनि आ–आफ्नो तवरवाट नेपाल पर्यटन बर्ष मनाउनमा सहयोग गरौ त्यस पच्चात अवश्यनै हाम्रो देश सबै सामु परिचित हुने छ अनि हाम्रो देशमा विदेशीको घुँइचो लाग्ने छ । नत्र आम नेपाली जनता तथा नेपाल सरकारलाई नेपाल पर्यटन बर्ष २०११ “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” भने जस्तै होला । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae