Sahara Sansar

Monday, April 25, 2011

पर्यटन क्षेत्रको विकास गर्न युवाशक्ति परिचालन गर्नुपर्छ-मन्त्री विश्वकर्मा

वैशाख १२ काठमाडौँ । पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माले पर्यटन क्षेत्रको विकासका लागि युवा शक्ति परिचालन गर्नुपर्ने बताउनुभएको छ ।

अखिल क्रान्तिकारीले आज आयोजना गरेको ुशान्ति र संविधानका लागि काठमाडौँ-लुम्बिनी मोटरसाइकल र् यालीु को उद्घाटन गर्दै उहाँले नेपालमा पर्यटकीय गन्तव्यहरु प्रशस्त रहेको र त्यसलाई विकास गर्नका लागि युवाशक्ति परिचालन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

मन्त्री विश्वकर्माले शान्तिप्रकि्रया र संंविधान लेखनको कार्यभार पूरा गर्न नदिनका लागि देशी-विदेशी तत्वबाट षड्यन्त्र भइरहेको र ती तत्वसँग जुध्नका लागि युवाशक्ति जुझारु भएर अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

शान्ति र संविधानको नारा लिएर काठमाडौँबाट सुरु भएको मोटरसाइकल र् याली लुम्बिनीसम्म पुग्ने कार्यक्रम रहेको छ । सो र् यालीमा १३० वटा मोटरसाइकल संलग्न थिए ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae