बैशाख १५ काठमाडौं। विश्व फुटबल महासङ्घ (फिफा) ले विश्वका १० राष्ट्रमा पाईलट प्रोजेक्टको रुपमा सुरु गर्न लागेको फिफा गोल फुटवल प्रोजेक्टका लागि नेपाल पनि छानिएको छ । प्रोजेक्टसम्बन्धी संभाव्यताका लागि फिफाका पदाधिकारीहरु नेपालमा अध्ययन गरिरहेको अखिल नेपाल फुटवल सङ्घ एन्फाले जनाएको छ। फिफाले गोल फुटबल प्रोजेक्टको तीन वर्षे अवधिमा अमेरिकी चार लाख डलर उपलब्ध गराउनेछ ।
फिफाको टिम समक्ष आज एन्फा कम्प्लेक्समा आयोजित एक समारोहमा एन्फाद्धारा गोल फुटबल प्रोजेक्ट अन्तर्गत कार्यान्वयनमा ल्याउन खोजेको विषयमा एन्फाका टेक्निकल डाईरेक्टर भिम थापाले प्रस्ताव पेश गर्नुभएको थियो । एन्फा अध्यक्ष गणेश थापाले फिफाले नेपाललाई जहिले पनि पहिलो प्राथमिकतामा राखी फिफाका कार्यक्रम प्रदान गर्दै आईरहेकोमा फिफाप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
0 comments:
Post a Comment