Sahara Sansar

Monday, April 25, 2011

नेपाली साँस्कृतिक र साङ्गितिक माहोलमा USA को एरिजोना, फोनिक्स शहर

नरेश गौतम हिउस्टन।
 नेपाली भुमिको काखमा रोमलिएर आफ्नो धर्म संस्क्रिती चटक्कै भुल्ने हजारौं नेपालीका  लागि मार्गदर्शक बनेको छ BHUTANESE COMMUNITY OF ARIZONA(B.C.A).परापुर्ब कालमा आफ्नो कला र संस्क्रितीका धनी नेपालीहरुलाई भुटान लगेको इतिहास  जिबितै छ।   

अनी फेरि १९९० मा तिनै भुटानि मुलका नेपालीहरु लाइ  "काम रहुनजेल भाडो  सिधीए पछी ठाँडो" भनेझै गरि भुटान सरकारले देश नीकाला गरेको चर्को पिडा त रगत रगतमा बगेको छ , अमिट  छाप बनेर मुटु माझ गाडीएको छ।  १९९० मा पनि तिनै भुटानि मुलका नेपलीहरु आफ्नो धर्म, सन्स्क्रीती जोगाउँने ऋममा देशबाट लखेटीएका थीए ्र कारीब १९/२० बर्ष लामो समय शरणार्थी बनेर नेपालका झापा र मोरङ गरि सात सिबिरमा कस्टकर जीवन बीताइ रहेका भुटानि आफ्नो निदरी बाट सरणार्थीको धब्बा  हटाउँन पलायन बनेका हुन। तेस्रो मुलुक र सत्ताको भागबन्डमा ब्यास्त नेपाल सरकारको नजर पनि काहील्यै  परेन ती  शरणार्थीहरुको समस्या सामाधानका लागि त्यसैले तिनै भुटानि मुलका नेपालीहरु छाती भित्र देश लुकाएर बाचीँरहेका छन।

 सात समुन्द्र पारी ब्यास्त समयलाई   अलीकति जोगाएर अप्रिल १६ मा संगीतीक माहोलमा रोमलीएको थियो एरीजोनाको फोनिक्स शहर  अमेरिकाको , एरिजूना  स्थीत फोनिक्स शहरमा रहेको  BHUTANESE COMMUNITY OF ARIZONA ले आयोजना गरेको उक्त कार्यऋम बहुत  रोमाञ्चकारी भएको बताउँछन एरीजोना स्थीत सहकर्मी मित्र  दुर्गा प्रसाद अधीकारी, दिपेन्द्र चौहान र नारद  ढकालद्वारा सँचालीत उक्त कार्यक्रम B.C.A का मनोरथ रवनालको अधध्यतामा सुसम्पन्न  भएको थियो  उक्त कार्यक्रमा बरिस्ट गायक जगदिस समाल र महेश थुलुङ  मुख्य  आकर्सण   रहेका थिए  फोनिक्स शहरको उक्तकार्यक्रममा बरिस्ट गयाक जग्दिश समालले नबिर्सें तिमी लाई..,ठोक न मादल ठोक..,मत मर्छु क्यारे..लगयतका  आधा दर्जन भन्दा बढी गाना गाएका थिए।      

यसै गरी आकासैमा चिल हो कि बेसरा ..यो आवाज र स्वर कस्लेपो भुल्न सक्छ र। यो कर्ण प्रिया आवाजका धनी भुटानी जननीका सपुत महेश थुलुङको   प्रस्तुती  दर्शकहरुलाई खुब नचाएको थियो। एबम प्रकारले दुर्गा प्रशाद अधिकारि,मनोज ढकाल, कृष्ण ढकाल,पुश्कर गुरुङ लगयतका  कलाकारहरुले पनि आफ्नो गायन प्रस्तुत गरेका थिए।        
     
 कार्यक्रममा बिभिन्न न्रित्यहरु पनि प्रस्तुत गरेका थिए। एरिजोना फोनिक्स्की लीना राइ र साथीहरुको न्रित्य प्रस्तुत भएको थियो। यसै गरी आफ्नो नेपाली सन्स्क्रीतीलाई माया गरेर एरिजोनको आन्य शहर तुक्सोन९तगअकयल० बाट रेनुका नेपाल र उन्का साथीहरुले पनि न्रित्य प्रस्तुत गरको बताउछन शाहकर्मी मित्र दुर्गा अधिकारि। अप्रिल १६ मा सुसम्पन्न भएको उक्त कार्यक्रम धेरै रोमान्च्कारी र सन्स्कृतिक भएको बताउछन B.C.Aका अद्क्ष मनोरथ खनाल। 

जन्मले भुटानी भए पनि नेपाली धर्म सन्स्क्रिती अनी भाषा भेसले सुसोवित भुटानि मुलका नेपालीहरुको हामी सदैब प्रगतीको कामना गर्दछौ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae