Sahara Sansar

Tuesday, April 26, 2011

बेपत्तालाई सार्वजनिक नगरे सम्म शान्ति प्रक्रियाले पूर्णता पाउन नसक्ने वक्ताहरुको जोड

बैशाख १३ पोखरा। राज्यले बेपत्ता बनाएकाहरुको अवस्था सार्वजनिक नभएसम्म शान्ति प्रक्रियाले पूर्णता
पाउन नसक्नेमा पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । राज्यद्वारा वेपत्ता अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेलको खोज कार्यक्रमका अवसरमा बोल्ने वक्ताहरुले झण्डै १२ सय बेपत्ताहरुको अवस्था सार्वजनिक नभई संविधान लेखन प्रक्रियाले समेत् पूर्णता पाउन नसक्ने बताए ।

 कार्यक्रममाबोल्ने बेपत्ताका आफन्तले आफ्ना परिवारका सदस्यहरुको अवस्था सार्वजनिक नगरे आन्दोलनको आँधि सिर्जना गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु(क्रान्तिकारी)का अध्यक्ष हिमाल शर्माले बेपत्ताको अवस्था सार्वजनिक गर्न नसक्ने हो भने माओवादी समर्थनमा बनेको सरकारको औचित्य नरहने औल्याउनुभयो । अखिल क्रान्तिकारीका तत्कालीन महासचिव पूर्ण पौडेल बेपत्ता भएको ९ वर्ष पुरा भएको स्मृतिमा क्रान्तिकारीको तमुवान राज्य समितिले कार्यक्रम गरेको हो ।

२०५९ बैशाख १३ गते काठमाण्डूको कालीमाटीबाट सुरक्षाकर्मीले बेपत्ता पारेको पौडेलको अवस्था अहिलेसम्म अज्ञात रहेको क्रान्तिकारीले जनाएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae