Sahara Sansar

Saturday, April 30, 2011

पत्रकार महासङ्घमा नयाँ नेतृत्वका लागि मनोनयन दर्ता

बैशाख १७ काठमाडौं।  नेपाल पत्रकार महासंघको नेयाँ नेतृत्व चयनका लागि शनिबारदेखि औपचारिक चुनावी कार्यक्रम सुरु भएको छ । विभिन्न प्यानल बनाएर शनिबार नयाँ नेतृत्वका लागि उम्मेद्वारी दर्ता भएको छ । दिउँसो ४ बजेसम्म दिइएको समय अनुसार अध्यक्ष पदका लागि पाँच, उपाध्यक्षमा ३ महासचिवमा ३, सचिवमा पाँच, कोषाध्यक्षमा ५ जनाले उम्म्द्वारी दिएका छन् ।

त्यस्तै पूर्वाञ्चलबाट १२, मध्यमाञ्चलबाट ५, पश्चिमाञ्चलबाट ५, मध्यपश्चिमाञ्चलबाट ५, सुदूरपश्चिमबाट ४, कर्णालीबाट ५, उपत्यकाबाट ७, महिलाबाट ९, मधेशीबाट १०, जानजाति ४, दलित पाँच र प्रतिष्ठान ८ जनाले उम्मेद्वारी दिएका छन् ।  अध्यक्ष पदका लागि शिव गाउँले, पोषण केसी, केदार कोइराला, मधेशबाट चन्द्रदेव कामति लगायतले उम्मेदवारी दिनुभएको छ । महासङ्घको केन्द्रीय कार्यालय काठमाडौंको सन्चारग्राममा बेलुका ६ बजे उम्मेद्वारहरुको नामावली प्रकाशित गरिने भएको छ । 

यसैगरी दावी विरोधका लागि भोलि १० देखि १२ बजेसम्मको समय तोकिएको छ भने २ बजेदेखि ६ बजेसम्ममा उम्मेद्वारी फिर्ता लिन सकिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन कार्यक्रमअनुसार नयाँ नेतृत्वका लागि उम्मेद्वारको अन्तिम नामावली पर्सि प्रकाशित गरिने छ । पत्रकार महासङ्घको महाधिवेशन वैशाख २० गतेदेखि सुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि वैशाख २१ गते बिहान ८ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुने छ ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae