Sahara Sansar

Saturday, April 30, 2011

जेठ १४ मा एकीकृत मस्यौदा आउँछ :प्रचण्ड


बैशाख १७   चितवन। एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले जेठ १४ गते संविधान जारी हुने कुनै सम्भावना नरहेको वताउनुभएको छ । साथै उहाँले दलहरुको सहमतिमा संविधानको एकीकृत मस्यौदा जारी हुने जानकारी दिनुभएको छ । शनिबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग प्रचण्डले त्यसका लागि नेपाली कांग्रेस र एमालेसंग सकारात्मक छलफल भैरहेको बताउनुभयो ।  शुक्रबार साँझ पनि नेपाली कांग्रेसका नेताहरुसंग छलफल भएको उहाँको भनाई थियो ।

 भरतपुर क्यान्सर अस्पतालको विवादका सम्वन्धमा संचारकर्मीले राखेको जिज्ञासामा उहाँले भोलि तीन प्रमुख दलका शीर्ष नेताहरुको वैठक बसेर त्यसलाई टुङ्गो लगाउने जानकारी दिनुभयो । पार्टी भित्र कुनै विवाद नरहेको दावी गर्दै प्रचण्डले विगत देखिनै कुनै न कुनै ढंगले फरक मत रहँदै आएको र त्यसले पार्टी एकतामा कुनै फरक नपार्ने बताउनुभयो । कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरमा हुने एकीकृत नेकपा माओवादी समर्थित प्राध्यापक संघको ताम्सालिङ स्तरीय भेलाको उद्घाटन गर्न प्रचण्ड चितवन जानुभएको हो।

यस्तै पूर्वी चितवनको पिठुवामा रहेको जनजागृति उच्च माविको स्वर्ण महोत्सवको उद्घाटन गर्न माओवादी उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई पनि आज चितवन जानुभएको छ ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae