Sahara Sansar

Tuesday, April 26, 2011

पूजा साबुनमा लेखिए को भन्दा २० ग्राम तौल कम

वैशाख १३ काठमाडौँ । महाशक्ति सोप एन्ड केमिकल इन्ड्रस्ट्री प्राइभेट लिमिटेडव्दारा उत्पादित पूजा साबुनमा करिब २० ग्राम कम तौल कम पाइएको छ ।

बानेश्वरका उपभोक्ताले पूजा साबुनमा लेखिएको भन्दा २० ग्राम कम तौल पाएपछि आफू ठगिएको महसुस गरी पत्रकारलाई सो बारे सूचना दिएका थिए ।

उक्त साबुनको खोलमा १५० ग्राम लेखिए पनि लेखिएअनुसारको तौलमा २० ग्राम कम रहेको पाइएको जनाइएकोक छ ।

आफूले पूजा साबुनको उल्लेखित तौलमा शङ्का लागेपछि जोख्दा कम तौल रहेको पाइएको बानेश्वरका राज लुइटेलले साहारा संसार डटकमलाई बताएका छन् ।

सो साबुनको २० ग्राम कम तौल रहेको प्रमाण रासससँग सुरक्षित छ ।

पूजा साबुन र अर्को साबुनको खोलमा तौल १५० ग्राम नै लेखिएपनि अर्को सोही तौल लेखिएको साबुनको तुलनामा पूजा साबुनको लम्बाइ चौडाइ उचाई र तौलमा फरक रहेको छ ।

उपभोक्ता हित संरक्षण माचका सचिव रामचन्द्र िसंखडाले पूजा साबुनले उपभोक्तालाइ ठगी गरेको भन्दै यस्ता उद्योगलाई गुणस्तर नियन्त्रण तथा नापतौल विभागले कारवाही गर्नुपर्ने्र बताउनुभयो ।

प्रत्येक छ÷छ महिनामा विभागले गुणस्तर चिन्ह नविकरण गर्ने गरेको छ ।

उपभोक्ता हित संरक्षण ऐनअनुसार सरकारले सो कम्पनीलाई कारबाही गर्नुपर्ने भन्दै सचिव िसंखडाले ऐनमा पहिलोपटक गरेको गल्तीलाई प्रकृति हेरी रु पाँच लाखसम्म जरिवाना गर्न सकिने बताउनुभयो ।

कम्पनीका प्रशासन प्रमुख हरि बाँस्तोलाले अहिलेसम्म आफ्नो कम्पनीले उत्पादन गरेको साबुन कमसल नभएको दाबी गर्दै त्यस्तो गल्ती भएमा आन्तरिक अनुगमन गरिने बताउनुभयो ।

पूजा साबुन बजारमा ठूलो मात्रामा बिक्री हुने हुनाले सबै साबुनलाई जोखिरहन कम्पनी असक्षम रहेको छ त्यसैले एक दुईवटा साबुनहरुमा मात्र कम तौल भएको हुन सक्ने बाँस्तोलाको भनाई छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae