Sahara Sansar

Monday, April 25, 2011

लिबियाको त्रिपोलीमा नेटो विमानद्वारा आक्रमण


बैशाख १२ एजेन्सी। लिबियाको राजधानी त्रिपोलीमा नेटोको विमानले कर्नल मअमर गद्दाफीको परिसरमा बमबारी गरेको छ । बमबारीबाट तीन वटा भवनमा नराम्रोसँग क्षति पुगेको बताइएको छ । 

लिबियाका सरकारी अधिकारीहरुका अनुसार नेटोले, गद्दाफीले बैठक. राख्ने गरेको भवनमा लक्षित गरी आक्रमण गरेको हो । नेटो सम्बद्ध सैनिकहरुले विमानबाट गरेको कारवाही क्रममा लिबियाका तीन वटा टेलिभिजनको प्रसारण समेत केही बेर प्रभावित हुन  पुगेको थियो । 

आईतवार  कर्नेल गद्दाफीको सेनाले देशको पश्चिमी सहरमा व्यापक हमला गर्न थालेपछि नेटो सैनिक कारवाही थालेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।


0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae