Sahara Sansar

Tuesday, April 26, 2011

गुम्दाबासीले लापुलाई पैंचे तिरे

राजेन्द्र न्यौपाने
 बैशाख १३  गोरखा। गुम्दा गाउँ विकास समितिका स्थानीय गाउँलेहरुले लापु गाउँ विकास समितिमा निर्माधिन
कालरात्री निम्न माध्यमिक विद्यालयको भवन निर्माणका लागि श्रमदान गरेका छन् । उनीहरुले यस अघि गुम्दालाई लगाएको पैंचो तिरेका हुन् ।

गुम्दा गा.वि.स.का १८५ भन्दा बढी स्थानीयहरुले छिमेकी गा.वि.स मा अवस्थित उक्त विद्यालयमा मंगलवार  दिनभरी श्रम गरेको लापुबाट स्थानीय सन्त बहादुर वि.क.ले जानकारी दिनुभयो ।

यसअघि लापुबाट गुम्दामा गुम्दालाई नमुना गाउँ विकास समिति निर्माणका कार्यमा श्रमदानका लागि ८५ जना स्थानीय लापुवासीहरु गएका थिए । गुम्दाबाट श्रमदानमा लापु आएका सिंहबहादुर गुरुङले लापुबासीले लगाएको पर्म तिर्न आफूहरु विद्यालय निर्माण कार्यमा आएको बताउनुभयो ।

गुम्दाबाट आएका साबुर गुरुङले दुई गाउँ विकास समितिका जनता बीच सहयोगको आदानप्रदान गर्दा विकास निर्माणमा तीव्रता दिनका साथै भावनात्मक एकताले तीव्र विकासको संकेत गर्ने अनुभव बताउनुभयो ।

कालरात्री निम्न माध्यमिक विद्यालयको भवन निर्माणको लागि चिनिया राजदुतावासले दिएको २० लाख रुपैंयाबाट भवन निर्माणको काम थालनी भएको हो ।

स्टमेट अनुसारका भवन निर्मााणका लागि दुतावासले दिएको भन्दा धेरै रकम लाग्ने भएकोले श्रमदानमा गाउँ र छिमेकी गाउँलेहरु खटिएका हुन् । जिल्ला सदरमुकामबाट विकट भूगोलमा रहेको लापु गाउँ विकास समितिमा अहिले सम्म माध्यमिक विद्यालय समेत रहेको छैन । 

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae