Sahara Sansar

Friday, April 22, 2011

बुहारीद्वारा ससुराको हत्या

वैशाख ९ महेन्द्रनगर । डडेल्धुरा जिल्लाको जोगबुढा गाविस-४ मा एक बुहारीले ससुराको हत्या गरेकी छिन् ।
महाकाली अाचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक शशिहजुर सिलवालले दिएको जानकारीअनुसार ६१ वर्षीय ससुरा तारा धामी मगरलाई बुहारी खगी धामी मगरले धारिलो हतियार प्रहार गरी हत्या गरेकी हुन् ।

प्रहरीले घटनाको विस्तृत विवरण आइनसकेको बताए पनि बुहारीमाथि बलत्कार गर्न खोजेको कारण धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae