Sahara Sansar

Monday, April 25, 2011

राहदानी दुरुपयोगमा सभासदद्वयलाई थप सात दिने थुनामा आदेश

बैशाख १२ काठमाडौं। कूटनीतिक राहदानी दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका सभासद्द्वय वीपी यादव र गायत्री शाहलाई अनुसन्धालका लागि थप सात दिन थुनामा राख्न अदालतले आदेश दिएको छ । म्याद थपका लागि प्रहरीले  काठमाडौं जिल्ला अदालतमा पुर्याएपछि अदालतले अनुसन्धान आवश्यक भएको भन्दै म्याद थपको आदेश दिएको हो । बयानका क्रममा सभासद दुवै जनाले भिसाका लागि राहादानी आफुले दोस्रो व्यक्तिलाई दिएको तर दुरुपयोग नगरेको बताएका छन् । 

कुटनीतिक राहदानी अर्कैलाई प्रयोग गर्न दिएको प्रमाण फेला परेपछि दुवै सभासदलाई प्रहरीले ६ दिनअघि संविधानसभा भवन नयाँ बानेश्वरबाट पक्राउ गरेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae