Sahara Sansar

Monday, April 25, 2011

काँग्रेस कार्यकर्ताको आक्रमणबाट माओवादी कार्यकर्ता घाइते

वैशाख १२ नुवाकोट । नुवाकोट जिल्लाको घ्याङ्फेदीमा नेपाली काँग्रेसका कार्यकर्ताको आक्रमणबाट माओवादीका छजना कार्यकर्ता घाइते भएका छन् ।

घ्याङ्फेदी गाविस-६ मा रहेको इन्द्रायणी प्राविमा शौचालय निर्माण विवादमा नेपाली काँग्रेसका कार्यकर्ताको आक्रमणमा परी माओवादी एरिया इन्चार्ज यमलाल तामाङसहित छजना घाइते भएको एकीकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी पुष्प लामिछानेले बताउनुभयो ।

जिल्लाको दुर्गम घ्याङ्फेदी गाविसका नेपाली काँग्रेसका कार्यकर्ता सुनबहादुर तामाङ र स्थानीय शान्ति समितिका अध्यक्ष तेल दोर्जेको नेतृत्वमा आइतबार आएको २०-२५ जनाको समूहले माओवादी कार्यकर्तामाथि आक्रमण गरेको माओवादी जिल्ला कमिटीले जनाएको छ ।

घाइतेमध्ये यामलाल तामाङ र दोर्जे तामाङलाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याइएको छ । अरु घाइतेको स्थानीय स्वास्थ्य सस्ंथामा उपचार भइरहेको छ ।

आक्रमणमा संलग्नलाई कारबाही गर्न माग गरिएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae