Sahara Sansar

Thursday, April 21, 2011

वनउपभोक्ता समिति गठन

बैशाख ९ गोरखा गोरखा नगरपालिका —६ स्थित दरवार संरक्षित भनिएको रानीवन, मौरी भीर, कुहिरे भीर क्षेत्रमा भएको अनियन्त्रित वन फडानी नियन्त्रण गर्नको लागि  आज बसेको उपभोक्ताहरुको  भेलाले अम्बिका खत्री अध्यक्ष रहने गरी ११ सदस्यीय रानीवन कुहिरे भीर, मौरी भीर वनउपभोक्ता समिति गठन गरिएको छ ।

 समितिको सचिवमा अमृत वि.क. र कोषाध्यक्षमा बाबुराम खत्री रहनु भएको छ । भेलाले दिनहुँ वनको अनुगमन गर्नका लागि ईश्वर खत्रीको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति पनि गठन गरिएको छ । भेलाले त्यस क्षेत्रभित्र रुख विरुवा काटे जो कोहीलाई पनि पहिलो पटक रु. ५००।–, दोश्रो र तेश्रो पटक क्रमशः रु. १०००।– र रु. १५००।– जरिवाना सहित वन ऐन अनुसारको कारवाही गर्ने निर्णय गरेको छ । 

सो वन स्थानीय समुदायलाई हस्तान्तरणको माग गर्दै स्थानीय बासीले हिजो जिल्ला प्रशासन कार्यालयमा ज्ञपनपत्र बुझाएका थिए ।  

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae