Sahara Sansar

Monday, April 25, 2011

दाङमा तेस्रो राष्ट्रपति रनिङशील्ड प्रतियोगिता

बैशाख १२ दाङ् । दाङ्को तुलसीपुरमा जारि जिल्ला क्लबस्तरीय रेडवुल लिग फुटवल प्रतियोगिताको सातौ दिन आज तालिकामा टाइगर युवा क्लब दमारगाँउ र चौपारी पञ्चकुले युवा क्लब समान ७ अंकका साथमा शिर्ष स्थानमा रहेका छन् ।

त्यस्तै आफ्ना दुइ खेलमा बिजयी यात्रा कायम राखेको तुलसीपुर फुटबल क्लब दोश्रो स्थानमा रहेको छ भने एक अहिले सम्म खेलेका दुई मध्य एक खेलमा बिजयी र एक बराबरीमा खेलेको युएनबिसी घोराही ४ अंकका साथ तेश्रो स्थानमा रहेको छ । आजै माछापुच्छ्रे युवा क्लब तुलसीपुरलाई सुन्य का बिरुद्ध एक गोलले पराजीत गर्दै राप्ती स्र्पोटस घोराही बिजयी भएको छ । त्यस्तै आजको दोश्रो खेल टाईगर र न्यु स्टार बिच दिउसो साढे ३ बजे हुनेछ ।

यसैबिच दाङ्ग जिल्ला बिद्यालय स्तरिय तेश्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आजदेखि दाङ्गको बेल्झुण्डीमा सुरु हुँदैछ । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा दाङ्ग जिल्ला खेलकुद बिकास समितिको आयोजनामा हुने प्रतियोगितामा दाङ्ग जिल्लाभरका सामुदायिक तथा निजी बिद्यालयका गरि दुईदर्जन वढी विद्यालयको सहभागिता रहेको छ ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae