Sahara Sansar

Monday, April 25, 2011

नेपाल भारत सीमा समन्वय बैठक सम्पन्न

बैशाख १२ कपिलबस्तु।कपिलबस्तुको चन्द्रौटास्थित सशस्त्र विन्दवासिनी गणमा आज नेपाल भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ । नेपालका २ जिल्ला कपिलवस्तु र दाङका उच्चाधिकारी र भारतका २ सिदार्थनगर र बलरामवापुर का उच्चाधिकारी बिच विेशेष गरी सीमासम्बन्धि विषयमा वार्ता भएको हो ।

 करीब ३ घण्टा सम्म भएको बार्तामा नेपाल र भारतबिच सीमासम्बन्ध सुमधुर बनाउने, कपिलबस्तु र दाङको बिचमा बिग्रिएको अवस्थामा रहेका ५९३ पिलरहरु बनाउने, दुबै देशका समस्या मिलेर सामाधान गर्ने विषयमा सहमति भएको छ । त्यसैगरी एक आपसमा समन्वय गरी २ देश बिचको गरीबि न्यूनीकरण गर्ने, एक देशको समस्या अर्को देशलाई जानकारी गराई सामाधान गर्ने, सीमाक्षेत्रबाट हने काठ तस्करीलाई रोक्ने  लगाएतका विषयमा पनि सहमति भएको बताइएको छ ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae