Sahara Sansar

Tuesday, April 26, 2011

संविधानसभाको म्याद थप गर्ने कुरा अस्वीकार्यः मधेशी मोर्चा

सुशील पन्त
 बैशाख १३ काठमाडौं। सयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले निर्धारित समयमा शान्ति र सबिधान निर्माण प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै संविधानसभाको म्याद थप गर्ने कुरा अस्वीकार्य हुने बताएको छ । मोर्चाले सरकार संचालक दलले संविधान निर्माणको कार्यलाई दिशाहिन, बेवारिसे, अधुरो र अपूरो बनाएको भन्दै आन्दोलनको तयारीमा लाग्ने बताएको छ । मोर्चाले आज राजधानीमा पत्रकार सम्मेलन गरी शान्ति, संविधान र स्वायत्त मधेश प्रदेश निर्माणको लागि दवाब सृजनागर्न तराइका विभिन्न छ स्थानमा आमसभा गर्ने घोषणा गरेको हो ।

शान्ति प्रक्रियालाई पूर्णता पु¥याउने तथा संविधान निर्माण प्रक्रियालाई वेबारिसे बनाउने सत्ताधारी दलको नियतले देश दुर्घटना उन्मुख भएकोले यसवारे जनतालाई जागरुक बनाउन देशव्यापी आमसभा गर्न लागिएको मोर्चाले बताएको छ । जसअनुसार विराटनगर, जनकपुर, बीरगञ्ज, भैरहवा, नेपालगञ्ज र कञ्चनपुरमा संयुक्त सभा गरिने मोर्चाले निर्णय गरेको छ ।

पत्रकार सम्मेलनमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले जेठ १४ मा संघीयता विनाको संविधानको एकीकृत मस्यौदा ल्याएर संविधानसभाको म्याद थप गर्नु आफूहरुका लागि मान्य नहुने चेतावनी दिनुभयो। तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकूरले जेठ १४ गते सम्ममा शान्ति र संविधान निर्माणप्रक्रिर्या निश्कर्षमा पु¥याउनुपर्ने मोर्चाको धारणा रहेकोले जेठ १५ बारे आफूहरुले सोच्दै नसोचेको बताउनुभयो ।

मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी ३१ दिनमा शान्ति र संविधान निर्माण संभव भएकोले यही अवधिमा मुलभूत बिषय टुङ्गयाउनु पर्ने बताउनुभयो । उहाँले माओवादी नियतका आशंका रहेकाले बाँकी समयमा शान्ति प्रक्रियाले पूर्णता पाउने संभावना कमजोर भएको आरोप लगाउनुभयो ।

यसैबीच मधेशी मोर्चाले नागरिकताका आधारमा मात्र मतदाता नामावली संकलन गर्ने कार्य रोक्न एक हप्ते अल्टिमेटम दिएको छ । आगामी १८ गतेसम्म पनि मतदाता नामावली संकलन कार्य नरोकिए १९ गतेदेखि अबरोध सृजना गर्ने मोर्चाले चेतावनी दिएको छ । ‘नागरिकतालाई मात्र मात्र आधार बनाइ मतदाता नामावली र राष्ट्रिय परिचयपत्र बनाउने कार्य तत्काल नरोकिए, सो अवैधानिक र मधेश विरोधी कार्यलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले जनतासंग सहकार्य गरी स्थलगत रुपमा रोक्ने निर्णय गरेको छ’, मोर्चाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।



0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae