Sahara Sansar

Saturday, April 30, 2011

एक दिवसीय पशु स्वास्थ्य शिविर सम्पन्न

राजेन्द्र न्यौपाने
 बैशाख १६ गोरखा।नेपाल पारा भेटनरी एण्ड लाइभ स्टक एसोसिएसन जिल्ला कार्यसमिति गोरखाको आयोजनामा जिल्लाको दरबुङ गाउँ विकास समितिमा एक दिवसीय पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
दरबुङ फाँटमा भएको उक्त शिविरमा ४७५ घरधुरीका पशुहरुको परीक्षण तथा उपचार गरिएको एसोसियसनका अध्यक्ष सानुकाजी वन्तले बताउनुभयो ।

३५६ पशुको गोबर परीक्षण, १२ सय पशुको उपचार गरिएको उहाँले जानकारी दिनुभयो संस्थाका अध्यक्ष समेत रहनुभएका वन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा संस्थाका केन्द्रीय सदस्य इन्द्रहरी खनालले गाउँ गाउँमा किसानहरुको समस्या सरकारले हल गर्नुपर्ने बताउनुभयो ।

संस्थाको जिल्ला कोष, केन्द्र कोष र गाउँ विकास समितिको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको आयोजकले बताएका छन् । संस्थाले देशभरीका जिल्लामा शिविर संचालन गर्ने क्रममा गोरखाको दरबुङमा गरेको हो । शिविर सञ्चालनबाट गाउँलेहरु खुशी भएका छन् ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae