Sahara Sansar

Monday, April 25, 2011

लोकतन्त्रलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरुको महत्वपूर्ण भुमिका


बैशाख १२ धनकुटा। लोकतन्त्रलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरुको महत्वपूर्ण भुमिका रहेको र यसमा नागरिकहरुको खवरदारी आवश्यक रहेको आज धनकुटामा आयोजित कार्यक्रममा सहभागिहरुले जोड दिएका छन् । धनकुटामा आयोजित लोकतन्त्रमा नागरिकहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले लोकतन्त्रलाई संस्थागत गर्नका लागि दलहरुकै महत्वपूर्ण भुमिका रहने वताएका थिए । नागरिक समाज धनकुटा, मानव अधिकार एलायन्स धनकुटा, गैर सरकारी संस्था महासंघ धनकुटा र नेपाल पत्रकार महासंघ धनकुटाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।

यसैबीच गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय उपाध्यक्ष रामकुमार यादवले गाविस सचिवहरुको सुरक्षा व्यवस्थाका लागि सरकारले चासो नदेखाएको आरोप लगाउँनु भएको छ । गाविस सचिव हकहित संरक्षण केन्द्र अञ्चल कार्य समितिको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा गाविस सचिवहरुलाई विभिन्न भुमिगत समूह तथा संगठनवाट चन्दा आतंक हुदै आएकोमा सरकारले चासो नदेखाएको वताउँनभयो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae