Sahara Sansar

Saturday, April 30, 2011

सिन्धुली आउदै गरेका यात्रुमाथि बनेपामा दुव्र्यवहार

यम चौलागाई
 बैशाख १७ सिन्धुली। दुई महिनाअघि प्रशासनसँग गरेको सम्झौता उलंघन गरी काभ्रेको बनेपामा आज हिमाल–तराई यातायात व्यवसायि समितिले सिन्धुली आउदै गरेको बसबाट यात्रु झारेर दुव्र्यवहार गरी वीपी राजमार्गमा एकतर्फि सिण्डिकेट लागू गरेपछि सिन्धुलीका यातायात मजदुर आन्दोलित बनेका छन् ।

काठमाण्डौको चाबहिलबाट यात्रुबोकेर सिन्धुलीतर्फ आउदै गरेको बा २ ख ५८६० नम्बरको बसलाई बनेपामा बसपार्कमा हिजो विहान उक्त समितिका पदाधिकारीले रोकेर बसको सिट फ्याक्ने, टायरको पुरै हावा खोल्ने र यात्रु बसबाट झारेर आफ्नो समितिको गाडीमा हालेर पठाउने जस्ता दुव्र्यवहार गरेको सिन्धुली यातायात सेवा समितिले जनाएको छ ।

सिन्धुली यातायात सेवा समितिका उपाध्यक्ष राजकुमार पौडेले बनेपामा आफ्नो समितिको गाडीलाई दुव्र्यवहार गरी रोकेको खबर आएपछि सिन्धुली वसपार्कमा पनि हिमाल– तराई यातायात व्यवसायि समितिको बा २ ख ३२८१ नम्बरको गाडीलाई यातायात मजदुरले घेरेर राखेका बताउनुभयो । दुई महिनाअघि सिन्धुलीका यातायात व्यवसायिले आन्दोलन गरेर बनेपामा स्थानीय प्रशासनको रोहबरमा दुवै जिल्लाका यातायात सेवा समितका पदाधिकारीले वार्ता गरी वीपी राजमार्गमा खारेज गरेका सिण्डिकेट फेरी लागु भएपछि आफुहरु आन्दोलित
भएको उहाँले बताउनुभयो ।

उपाध्यक्ष पौडेलका अनुसार विहिबार पनि बनेपामा उक्त समितिका मजदुरले सिन्धुलीतर्फ आउदै गरेको बसबाट यात्रु झारेर आफ्नो गाडीमा हालेर सिन्धुली पठाएका थिए । हिमाल–तराई यातायात व्यवसायि समितिले आफ्नो गाडी चल्न दिए उनीहरुको गाडी पनि चल्न दिने नभए नदिने उहाँको भनाई छ । दुई महिनाअघि वनेपामा दुवैतर्फका यातायात सेवा समितिका पदाधिकारीहरु बीच स्थानीय प्रशासनको रोहबरमा वार्ता हुदा वीपी राजमार्गको सिण्डिकेट खारेद गरी मिलेर यातायातका साधन सञ्चालन गर्ने सहमति भएको सिन्धुली यातायात सेवा समितिले जनाएको छ ।

उक्त सहमति पछि दुवै समितिका वसहरु वीपी राजमार्ग हुदै काठमाण्डौसम्म निर्बाध रुपमा सञ्चालन हुदै आएका थिए । यसबाट यात्रुहरुलाई निकै सुविधा पुगेको थियो भने महेन्द्र र पृथ्वी राजमार्ग हुदै दिनभरि यात्रा गरेर काठमाण्डौ जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae