Sahara Sansar

Tuesday, April 26, 2011

सेनाको ट्रक दुर्घटना ३० जना घाइते

वैशाख १३ सिन्धुलीमाढी । बर्दिवासबाट विपी राजमार्ग हुँदै सिन्धुलीमाढीतर्फ आइरहेको बा १ ज १५०९ नम्बरको नेपाली सेनाको ट्रक कमलामाई नगरपालिका-१० बाघमारामा आज दुर्घटना हुँदा ३० जना नेपाली सेना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते सबैको महोत्तरीको बर्दिवासमा उपचार भइरहेको बताइएको छ ।

प्रहरीका अनुसार सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको ९ नम्बर बाहिनीको उक्त ट्रक सडक किनारमा पल्टिएर दुर्घटना भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae