Sahara Sansar

Friday, April 22, 2011

श्रीमान्को हत्या गर्ने महिला थुनामा

यम चौलागाई
  बैशाख ९ सिन्धुली। आफ्नै श्रीमानलाई हत्या गरेको अभियोगमा सिन्धुलीको निपाने गाविस–३ निवासी ४० वर्षिया पार्बती सुनुवारलाई आज जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । गाँउ कै अर्कि महिलासँग लागेको भन्दै गत चैत ६ गते उनले आफ्नै श्रीमान् मानबहादुर सुनुवारलाई हलोको मुढोले हिर्काउदा उनको उपचारको क्रममा सोहि दिन बिराटनगरमा मृत्यु भएको थियो ।

उक्त घट्नापछि प्रहरीले पार्वतीलाई पक्राउ गरि आवश्यक अनुसंधान गरेर जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा पेस गरेको थियो । अभियुक्त पार्वतीको चार छोराछोरी रहेका छन् भने अर्की महिलाको श्रीमान् विदेशमा रहेका प्रहरी नायब निरिक्षक महेन्द्र साहले जानकारी दिनुभयो । घट्ना बिबरण अनुसार मानबहादुरले सँघै श्रीमतीलाई हिर्काउने, हेला गर्ने, घरमा नआउने गथेर्। सोही दिन राती पनि घरमा श्रीमतीसँग झगडा गरी घर छाडेर हिडेका थिए । राती श्रीमान्लाई खोज्दै जाँदा गाँउमै अर्काको श्रीमतीसँग सुतेको फेला पारेपछि उनले श्रामान्को टाउकोमा हलोको मुढाले दुई पटक हिर्काएका थिए । श्रीमतीको कुटाईबाट घाईते भएका मानबहादुरको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको थियो ।

0 comments:

Post a Comment

Popular Posts

Copyright 2009 | magazineform Theme by templatemodif | supported by grafisae